News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय: अस्पतालको समस्या तत्काल समाधान गर !

झुलेनी पोष्ट साप्ताहिक पत्रिका
५७७ पटक

लामो समयदेखी प्यूठान अस्पत्ताल विवादित वनेको छ । अस्पत्तालको सेवा प्रवाहवारे निरन्तर जनगुनासो वढिरहेकै वेला स्वास्थ्यकर्मीले नविग्रिएको भिडियो एक्सरे मेसिन विग्रियो भन्नु, अस्पत्तालका स्वास्थ्यकर्मी स्वयं निजी क्लिनिकमा संलग्न हुनुले आम नागरिकमा प्यूठान अस्पत्तालको सेवाप्रवाहवारे गुनासो मात्रै होईन आक्रोस उत्पन्न भएको छ ।

२०७२ सालदेखी प्यूठानमा सल्यक्रिया सेवाको सुरु भएको थियो । सानो पोर्टेवल मेसिनवाट भिडियो एक्सरे गरि डा. फणिन्द्र वरालले पहिलो अपरेशन गरेका थिए । सोहि मेसिनवाट गर्भवती महिला, हाईड्रोसिल, हर्निया अपसेशन सुरु गरेको प्यूठान अस्पत्तालमा स्वास्थ्य सेवा विभागवाट २०७४ सालमा पोर्टेवल भिडियो एक्सरे मेसिन आएको थियो । उक्त मेसिनवाट ६ वर्षसम्म प्यूठान अस्पत्तालमा भिडियो एक्सरे गरेर सेवा प्रवाह गरेकोमा निजि क्लिनिकले नयाँ भिडियो एक्सरे मेसिन ल्याएपछी प्यूठान अस्पत्तालका स्वास्थ्यकर्मीले अस्पत्तालको भिडियो एक्सरे मेसिनले राम्रो काम नगर्ने भन्दै बिरामिलाई निजि क्लिनिकमा पठाउने गरेका छन् ।

लुम्विनी प्रादेशिक अस्पत्तालमा काम गरेका रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले अस्पत्तालको सोहि मेसिनवाट बिरामिको भिडियो एक्सरे गरेसंगै प्यूठान अस्पत्तालका चिकित्सकले गत असारदेखी निजि क्लिनिकसंग मिलेमतो गरेर अस्पत्तालको मेसिन प्रयोग नगरेर क्लिनिकमा बिरामि पठाउने गरेको रहस्य बाहिरिएको हो । जसकारण नागरिकलाई सास्ति मात्र भएको छैन प्यूठान अस्पत्तालको कोषमा पुग्ने लाखौँ रुपैया निजि क्लिनिकमा पुगेको छ ।

६ वर्षसम्म निरन्तर सोहि मेसिनले काम गर्नु, निजि क्लिनिकले भिडियो एक्सरे मेसिन ल्याएसंगै अस्पत्तालको उक्त मेसिन प्रयोगमा नल्याईनु र रेडियोलोजिस्टले मेसिन नबिग्रिएको बताउनुले जिल्ला अस्पत्तालका स्वास्थ्यकर्मी र निजि क्लिनिक बिचको सम्वन्ध रहेको आशंका गरिन्छ । कार्यालयमा मेडिकल सुपरिटेन्डेन्ट नहुनु, अस्पताल विकास समितिको अध्यक्ष नहुनु, दरबन्दिका चिकित्सक नहुनुले कार्यरत चिकित्सकमा मनोमानी हुँदा विगतमा गुणस्तरीय सेवामा प्रभाव परेको आम नागरिकको बुझाई छ । नवगठित अस्पत्ताल विकास समिति, जिल्लाका सम्पुर्ण सरोकारवाला र अस्पत्तालका कर्मचारिहरु यो विषयमा गम्भिर हुन जरुरी छ ।

-झुलेनी पोष्ट साप्ताहिक वर्ष ९ अंक ३७ (२०८० बैशाख १२ गते म‌‌ङ्गलबार) प्रकाशित सम्पादकीय

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...