News Portal

रेडियो सुन्नुहोस्

सुचना तथा प्रविधि दिवश प्यूठानमा मनाइयो

मधुसुदन पोख्रेल२०८० बैशाख १९
६३६ पटक
२०८० बैशाख १९

सुचना तथा प्रविधिले मानिसलाई सहजता प्रदान गरेको छ ।

प्रविधि प्रयोग गर्न जानेपछि आफुले गर्ने काम सहज हुन्छ । प्रविधिको विकास संगै हरेक मानिसमा पहुच वृद्धि हुन नसक्दा जनजिवन अलमल समेत हुनेगरेको छ ।

सचना तथा प्रविधि सवैका लागि हुन पर्छ भन्ने उदेश्यका साथ प्युठानमा पनि यो दिवस मनाइएको छ ।

सुरक्षीत सुचनाप्रविधि, सुशासन र समृद्धि भन्ने नारा संगै राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवश २०८० प्यूठानमा मनाइएको हो ।

यो दिवस हरेक वर्षको मे २ अर्थात बैशाख १९ गते देशभर विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।

जिल्लामा आइटि क्षेत्रलाई विस्तार गर्नु पर्ने र सवैका लागि प्रविधि मैत्रि सुचना विस्तार गर्नु पर्ने कम्प्यूटर एसोसिएसन महासंघं (क्यान) जिल्लाशाखा प्यूठानका अध्यक्ष तुलस रोकाले बताए ।

यसको पहुँच कम भएको हुदाँ जिल्लामा ब्यापक विस्तार गर्न लागि पर्ने समेत रोकाले बताए ।

कम्प्यूटर एसोसिएसन महासंघ (क्यान) जिल्लाशाखा प्यूठानको आयोजनामा जनता मावि बाग्दुला बाट बाग्दुला बजारमा प्रभात फेरी संगै कोण सभागरि कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...