News Portal

रेडियो सुन्नुहोस्

शिक्षा फोकल शिक्षकहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

बिबश जि.एम२०८० बैशाख २१
७४० पटक
२०८० बैशाख २१

विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ ।

झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३ सम्मका संचालित प्रावि शिक्षकहरुको लागि सो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीहरुलाई पठनपाठनमा ती रोगहरुबाट कुनै समस्या हुन नदिन वा समस्या आइहाले त्यसको समाधान तर्फ जाने बिषयलाई केन्द्रिकृत गरेर कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी को भनाइ छ ।

आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी कुनै समस्या देखिए तत्काल त्यसलाई समाधानको बाटो खोज्ने र सम्बन्धित ठाउँमा सम्पर्क गरि प्राथमिकता दिएर विद्यार्थीहरुलाई शिक्षा दिने पनि शाखा प्रमुख के.सी ले बताए ।

झिमरूक गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा ३२ प्रा.वि का स्वास्थ्य शिक्षा फोकलहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई स्वास्थ्य शाखाले सहजिकरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री को अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख मोहन वि.सी, स्वास्थ्य शाखा प्रमुख विकास के.सी, स्वास्थ्य उपप्रमुख हरि जी.सी लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...