News Portal

रेडियो सुन्नुहोस्

शिक्षा फोकल शिक्षकहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

बिबश जि.एम२०८० बैशाख २१
७६४ पटक
२०८० बैशाख २१

विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ ।

झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३ सम्मका संचालित प्रावि शिक्षकहरुको लागि सो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीहरुलाई पठनपाठनमा ती रोगहरुबाट कुनै समस्या हुन नदिन वा समस्या आइहाले त्यसको समाधान तर्फ जाने बिषयलाई केन्द्रिकृत गरेर कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी को भनाइ छ ।

आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी कुनै समस्या देखिए तत्काल त्यसलाई समाधानको बाटो खोज्ने र सम्बन्धित ठाउँमा सम्पर्क गरि प्राथमिकता दिएर विद्यार्थीहरुलाई शिक्षा दिने पनि शाखा प्रमुख के.सी ले बताए ।

झिमरूक गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा ३२ प्रा.वि का स्वास्थ्य शिक्षा फोकलहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई स्वास्थ्य शाखाले सहजिकरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री को अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख मोहन वि.सी, स्वास्थ्य शाखा प्रमुख विकास के.सी, स्वास्थ्य उपप्रमुख हरि जी.सी लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...