News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउपालिका प्यूठानले पाठ्यक्रम निर्माण गर्ने

बिमल प्रसाद पोख्रेल२०८० जेठ ३
८४५ पटक
२०८० जेठ ३

जिल्लाको झिमरुक गाउपालिका प्यूठानले स्थानिय पाठ्यक्रम निमाणर् गर्ने भएको छ । आगामि शैक्षिक सत्रको कक्षा १ देखि आधारभुत तह कक्षा ८ सम्म पाठ्यक्रम लागु गर्ने भएको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बृहत गोष्ठिको आयोजना गरि तयारी थालेको हो ।

स्थानीय आवश्यकताका आधारमा स्थानीय परिवेश अनुकुलका बिषय बस्तु पाठ्यक्रममा समाबेश गरिने भएको हो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य बालाराम पोख्रेलले अन्य स्थानीय तहको पाठ्यक्रम र स्थानीय आवश्यकताको पहिचान र गहन अनुसन्धान गरि तयार गरिएको जानकारी दिए ।

शिक्षा बिकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिबराज पण्डितले पाठ्यक्रम उपयोगी र असल कुराहरुको उजागर गर्ने र बिकृतिको निरुत्साहित गर्नुपर्ने बताए । पण्डितले समय, ऋण र क्यालेन्डर हेरेर बिद्यालय जाने शिक्षकले रुचिकर तरिकाले विद्यार्थीलाई सिकाइ उपलब्धि दिन नसक्ने उनको तर्क राखेका छन् ।

स्थानीय कला, सस्कृती, भेष भुसा, पौराणिक मठ मन्दिर आदिलाई समाबेश गरेर पाठ्यक्रम तयार हुनेछ उनले बताए । विभिन्न बिषयगत ग्रुप बनाई आएका महत्वपुणर् सुझाव ग्रहण गर्ने गरि समुह बिभाजन गरिएको शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रिले बताए ।

झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षाको बिकास बिना अन्य बिकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष एमसीले भने, ‘ शिक्षाको बिकास र शैक्षिक गुणस्तर कामय गर्न सबै लाग्नुपर्छ ।’

झिमरुकको समृद्धिको लागि हामिले निर्माण गर्ने शिक्षा निति र पाठ्यक्रममा भरपर्ने भएकोले त्यस तर्फ सुझ बुझका साथ लाग्नुपर्ने एमसिले बताए । निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुकमा सुहाउँदो हुनुपर्ने धारणा राखेका छन् ।

अबको शिक्षा सीपमुलक र रोजगारयुक्त हुने गरी प्रयोग मुखी शिक्षालाई प्राथमिकता दिन उनको सुझाव थियो । गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने गरि अगाडि बडनुपर्ने बताएका छन । ‘जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण हुनुपर्छ’, उनले भने, “स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम बनाउन लाग्नुपर्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...