News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउपालिका प्यूठानले पाठ्यक्रम निर्माण गर्ने

बिमल प्रसाद पोख्रेल२०८० जेठ ३
१०८१ पटक
२०८० जेठ ३

जिल्लाको झिमरुक गाउपालिका प्यूठानले स्थानिय पाठ्यक्रम निमाणर् गर्ने भएको छ । आगामि शैक्षिक सत्रको कक्षा १ देखि आधारभुत तह कक्षा ८ सम्म पाठ्यक्रम लागु गर्ने भएको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बृहत गोष्ठिको आयोजना गरि तयारी थालेको हो ।

स्थानीय आवश्यकताका आधारमा स्थानीय परिवेश अनुकुलका बिषय बस्तु पाठ्यक्रममा समाबेश गरिने भएको हो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य बालाराम पोख्रेलले अन्य स्थानीय तहको पाठ्यक्रम र स्थानीय आवश्यकताको पहिचान र गहन अनुसन्धान गरि तयार गरिएको जानकारी दिए ।

शिक्षा बिकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिबराज पण्डितले पाठ्यक्रम उपयोगी र असल कुराहरुको उजागर गर्ने र बिकृतिको निरुत्साहित गर्नुपर्ने बताए । पण्डितले समय, ऋण र क्यालेन्डर हेरेर बिद्यालय जाने शिक्षकले रुचिकर तरिकाले विद्यार्थीलाई सिकाइ उपलब्धि दिन नसक्ने उनको तर्क राखेका छन् ।

स्थानीय कला, सस्कृती, भेष भुसा, पौराणिक मठ मन्दिर आदिलाई समाबेश गरेर पाठ्यक्रम तयार हुनेछ उनले बताए । विभिन्न बिषयगत ग्रुप बनाई आएका महत्वपुणर् सुझाव ग्रहण गर्ने गरि समुह बिभाजन गरिएको शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रिले बताए ।

झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षाको बिकास बिना अन्य बिकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष एमसीले भने, ‘ शिक्षाको बिकास र शैक्षिक गुणस्तर कामय गर्न सबै लाग्नुपर्छ ।’

झिमरुकको समृद्धिको लागि हामिले निर्माण गर्ने शिक्षा निति र पाठ्यक्रममा भरपर्ने भएकोले त्यस तर्फ सुझ बुझका साथ लाग्नुपर्ने एमसिले बताए । निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुकमा सुहाउँदो हुनुपर्ने धारणा राखेका छन् ।

अबको शिक्षा सीपमुलक र रोजगारयुक्त हुने गरी प्रयोग मुखी शिक्षालाई प्राथमिकता दिन उनको सुझाव थियो । गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने गरि अगाडि बडनुपर्ने बताएका छन । ‘जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण हुनुपर्छ’, उनले भने, “स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम बनाउन लाग्नुपर्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...