News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मेकानिकल सहितको ट्राफिक चेकजाँच

बोम बहादुर परियार२०८० जेठ १२
७२० पटक
२०८० जेठ १२

हुनसक्ने सडक दुर्घटना रोक्न र न्यूनीकरण गर्नको लागि प्यूठानमा ट्राफिक प्रहरीले मेकानिकल चेकजाँच अभियान सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात ब्याबसायी को समन्वयमा शुक्रबार देखि जिल्लाका मुख्य सडक बाट ग्रामिण भेगमा जाने सडकमा गुड्ने सबै सबारी साधनलाई मेकानिक सहितको टिमद्वारा गाडिको अबस्था बुझ्दै चेकिङ्ग कार्य अगाढी बढाएको छ ।

आज पहिलो दिन चेरनेटा बरौला सडक खण्डमा गुड्ने सबै सबारी साधनलाई जाँच गर्दै गन्तब्यमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख चन्द्र केसिले बताए ।

सडकमा गुड्ने साना ठुला सबै सबारी साधनको बिल बुक लाईसेन्सको अबस्था बुझ्दै र ट्राफिक नियम सम्बन्धि सचेतना जगाउदै ट्राफिकहरु सडकमा आएको उनले बताए ।

त्यस्तै कतिपय गाडिहरुमा समान्य समस्या आउने तर स्वयंम चालक लाई समेत थाहा नहुने हुदा चेकिङ्ग कै बेला गाडिको अबस्थाबारे जान्नको लागि मेकानिकल द्वारा चेकिङ्ग अभियान अगाडि बढाएको प्रमुख के सिले बताए ।

जिल्लामा सडक दुर्घटना बढ्दै गएको हुदा यसको न्यूनीकरण र सचेतना फैलाउने उदेश्यले अभियानलाई अझ तिब्रता दिदै जिल्लाका सबै ग्रामिण भेगमा पुग्ने सडको मुख्य नाकामा मेकानिकल सहितको ट्राफिक चेकजाँच गरिएको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...