News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मेकानिकल सहितको ट्राफिक चेकजाँच

बोम बहादुर परियार२०८० जेठ १२
५४५ पटक
२०८० जेठ १२

हुनसक्ने सडक दुर्घटना रोक्न र न्यूनीकरण गर्नको लागि प्यूठानमा ट्राफिक प्रहरीले मेकानिकल चेकजाँच अभियान सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात ब्याबसायी को समन्वयमा शुक्रबार देखि जिल्लाका मुख्य सडक बाट ग्रामिण भेगमा जाने सडकमा गुड्ने सबै सबारी साधनलाई मेकानिक सहितको टिमद्वारा गाडिको अबस्था बुझ्दै चेकिङ्ग कार्य अगाढी बढाएको छ ।

आज पहिलो दिन चेरनेटा बरौला सडक खण्डमा गुड्ने सबै सबारी साधनलाई जाँच गर्दै गन्तब्यमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख चन्द्र केसिले बताए ।

सडकमा गुड्ने साना ठुला सबै सबारी साधनको बिल बुक लाईसेन्सको अबस्था बुझ्दै र ट्राफिक नियम सम्बन्धि सचेतना जगाउदै ट्राफिकहरु सडकमा आएको उनले बताए ।

त्यस्तै कतिपय गाडिहरुमा समान्य समस्या आउने तर स्वयंम चालक लाई समेत थाहा नहुने हुदा चेकिङ्ग कै बेला गाडिको अबस्थाबारे जान्नको लागि मेकानिकल द्वारा चेकिङ्ग अभियान अगाडि बढाएको प्रमुख के सिले बताए ।

जिल्लामा सडक दुर्घटना बढ्दै गएको हुदा यसको न्यूनीकरण र सचेतना फैलाउने उदेश्यले अभियानलाई अझ तिब्रता दिदै जिल्लाका सबै ग्रामिण भेगमा पुग्ने सडको मुख्य नाकामा मेकानिकल सहितको ट्राफिक चेकजाँच गरिएको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...