News Portal

रेडियो सुन्नुहोस्

दाङबाङका विद्यार्थीको दुःख कस्ले बुझ्ने ?

झुलेनी नेटवर्क२०८० जेठ २५
१२८३ पटक
२०८० जेठ २५

प्यूठानको ऐरावती गाउँपालिका–१,दाङबाङ माविमा अध्यनरत डाब्रा, माझीदमार, सल्लीकोट क्षेत्रका विद्यार्थीले विद्यालय पुग्न समस्या भएको गुनासो गरेका छन् ।

ऐरावती गाउँपालिकाको सहयोग र झुलेनी यूनाईटेड नेटवर्क प्रालिको आयोजनामा भएको स्थानीय सरकार र विकासको सवाल विषयक युवाहरुसंग अन्तरसंवाद कार्यक्रममा उनीहरुले यस्तो गुनासो राखेका हुन् ।

वडाध्यक्ष, प्रध्यानाध्यापक अभिभावक समेतको उपस्थिति भएको कार्यक्रममा उनीहरु आफ्ना दुःख सुनाउदै विद्यालयमा छात्राबासको व्यवस्था हुनुपर्ने माग राखेका हुन् । विद्यालयमा छात्राबास नहुँदा आफूहरुलाई समस्या भइरहेको कक्षा ९ मा अध्ययनरत छात्रा मञ्जु सुबेदीले दुखेसो सुनाइन ।

‘विद्यालय आउन ३ घन्टा बढि लाग्छ,’ उनले भनिन्,‘ झोला विद्यालयमै राख्ने गर्दछौ ।’ सरहरुले दिएको गृहकार्य पूरागर्न कहिल्यै नभ्याइने उनले बताइन । लामो दुरी पार गरेर विद्यालय आउन पर्ने तर प्यास लाग्दा पिउने पानीको विकल्प समेत नभएको उनीहरुले बताए ।

त्यही विद्यालयमा कक्षा १० मा अध्ययनरत सल्लीकोटका राज विश्वकर्माले विद्यालय टाढा भएका कारण आफूहरुले निकै दुःख भोगिरहेको सुनाए । यस विद्यालयमा अध्ययनरत मञ्जु र राज मात्र होइन भावना आचार्य, मञ्जु मर्साङगी लगायतले आफूहरुले भोगेको समस्या पोखे ।

प्रध्यानाध्यापक तुल्सीराम आचार्यले विद्यालय टाढा भएकाले माझीदमार छेडाघाट, डाब्रा, सल्किोट,मान्द्रे लगायत बस्तिका विद्यार्थीहरुलाई समस्या भइरहको बताए । विद्यालयमा छात्राबास बनाउन भनेर पहल गर्न थालेको वर्षौ भएपनि अझैसम्म विद्यालयमा छात्राबास बनाउन नसकिएको प्रअ आचार्यको भनाइ छ ।

‘छात्राबास बनाउन भनेर जग्गा किनेर राखेका छौ,’उनले भने,‘भारतीय दूतावासमा भवनको लागि पहल थालेको पनि तीन वर्ष भो अझै टुंगो छैन् ।’ उनले विद्यालयमा प्रयाप्त कक्षा कोठा नभएका कारण क ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठाको व्यबस्थापन गर्न समस्या भएको बताए ।

उनले एउटै कक्षा कोठामा ९० जनासम्म विद्यार्थी राख्न परेको बताए । ऐरावती गाउँपालिका १ दाङबाङमा एउटा मात्र माध्यमिक विद्यालय भएकाले विद्यार्थीको चाँप बढि रहेको बताउदै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आफूले पहल गरिहेको वडाध्यक्ष अमर रेश्मी मगरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...