News Portal

रेडियो सुन्नुहोस्

दाङबाङका विद्यार्थीको दुःख कस्ले बुझ्ने ?

झुलेनी नेटवर्क२०८० जेठ २५
१३०० पटक
२०८० जेठ २५

प्यूठानको ऐरावती गाउँपालिका–१,दाङबाङ माविमा अध्यनरत डाब्रा, माझीदमार, सल्लीकोट क्षेत्रका विद्यार्थीले विद्यालय पुग्न समस्या भएको गुनासो गरेका छन् ।

ऐरावती गाउँपालिकाको सहयोग र झुलेनी यूनाईटेड नेटवर्क प्रालिको आयोजनामा भएको स्थानीय सरकार र विकासको सवाल विषयक युवाहरुसंग अन्तरसंवाद कार्यक्रममा उनीहरुले यस्तो गुनासो राखेका हुन् ।

वडाध्यक्ष, प्रध्यानाध्यापक अभिभावक समेतको उपस्थिति भएको कार्यक्रममा उनीहरु आफ्ना दुःख सुनाउदै विद्यालयमा छात्राबासको व्यवस्था हुनुपर्ने माग राखेका हुन् । विद्यालयमा छात्राबास नहुँदा आफूहरुलाई समस्या भइरहेको कक्षा ९ मा अध्ययनरत छात्रा मञ्जु सुबेदीले दुखेसो सुनाइन ।

‘विद्यालय आउन ३ घन्टा बढि लाग्छ,’ उनले भनिन्,‘ झोला विद्यालयमै राख्ने गर्दछौ ।’ सरहरुले दिएको गृहकार्य पूरागर्न कहिल्यै नभ्याइने उनले बताइन । लामो दुरी पार गरेर विद्यालय आउन पर्ने तर प्यास लाग्दा पिउने पानीको विकल्प समेत नभएको उनीहरुले बताए ।

त्यही विद्यालयमा कक्षा १० मा अध्ययनरत सल्लीकोटका राज विश्वकर्माले विद्यालय टाढा भएका कारण आफूहरुले निकै दुःख भोगिरहेको सुनाए । यस विद्यालयमा अध्ययनरत मञ्जु र राज मात्र होइन भावना आचार्य, मञ्जु मर्साङगी लगायतले आफूहरुले भोगेको समस्या पोखे ।

प्रध्यानाध्यापक तुल्सीराम आचार्यले विद्यालय टाढा भएकाले माझीदमार छेडाघाट, डाब्रा, सल्किोट,मान्द्रे लगायत बस्तिका विद्यार्थीहरुलाई समस्या भइरहको बताए । विद्यालयमा छात्राबास बनाउन भनेर पहल गर्न थालेको वर्षौ भएपनि अझैसम्म विद्यालयमा छात्राबास बनाउन नसकिएको प्रअ आचार्यको भनाइ छ ।

‘छात्राबास बनाउन भनेर जग्गा किनेर राखेका छौ,’उनले भने,‘भारतीय दूतावासमा भवनको लागि पहल थालेको पनि तीन वर्ष भो अझै टुंगो छैन् ।’ उनले विद्यालयमा प्रयाप्त कक्षा कोठा नभएका कारण क ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठाको व्यबस्थापन गर्न समस्या भएको बताए ।

उनले एउटै कक्षा कोठामा ९० जनासम्म विद्यार्थी राख्न परेको बताए । ऐरावती गाउँपालिका १ दाङबाङमा एउटा मात्र माध्यमिक विद्यालय भएकाले विद्यार्थीको चाँप बढि रहेको बताउदै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आफूले पहल गरिहेको वडाध्यक्ष अमर रेश्मी मगरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...