News Portal

रेडियो सुन्नुहोस्

आवश्यकताको आधारमा काम गर्नुपर्छः अध्यक्ष रेश्मी

झुलेनी नेटवर्क२०८० जेठ ३१
९०३ पटक
२०८० जेठ ३१

ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार र विकासको सवाल बिषयक अन्र्तसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

वडामा थोरै बजेट हुने र भौगोलिक अवस्थाले गर्दा पनि विकासका काममा विभिन्न समस्या हुने भएकाले त्यसमा जनताले अधिकार मात्र नखोजी कर्तव्यलाई पनि सम्झेर विकास निर्माणमा सहयोग गर्नुपर्ने अध्यक्ष रेश्मीको भनाई छ । उनले भने –“हामीसँग जति चुनौती छ त्यति नै संभावना पनि छ , त्यसैले हामीले गरेर देखाउने माध्यम यहि हो ।” रेश्मीले हिजोका दिनमा मागमा आधारित , आवश्यकतामा आधारित र अधिकारमुखी विकासको माग हुन्थ्यो भने अहिले निड बेसमा फोकस भएर काम गर्नुपर्ने अवस्था छ ।

वडामा भर्ना सम्बन्धिका विषयमा पहिलेको भन्दा केही परिमार्जन गरेको तर सिकाई क्षेत्रमा केही समस्या भएको भन्दै यहाँ रहेका विद्यालयका प्रधानाध्यापकसँग बसेर छलफल गरि सिकाईका बेला हुने समस्याहरुको समाधान खोज्ने अध्यक्ष रेश्मीले बताए ।

त्यस्तै यूवाको क्षेत्रमा पहिलो बर्षमा यूवा लक्षित कार्यक्रमहरु गरेको र अबका दिनमा पनि यूवामा भएको ज्ञान, सीप, प्रविधि सबैलाई प्रयोग गरेर यूवाहरुलाई अघि बढाउने गरि तयारी गरिरहेको बताएका छन् । खानेपानीको लागि बृहत योजना बनाउने तयारीमा रहेको समेत उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...