News Portal

रेडियो सुन्नुहोस्

आवश्यकताको आधारमा काम गर्नुपर्छः अध्यक्ष रेश्मी

झुलेनी नेटवर्क२०८० जेठ ३१
९२२ पटक
२०८० जेठ ३१

ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार र विकासको सवाल बिषयक अन्र्तसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

वडामा थोरै बजेट हुने र भौगोलिक अवस्थाले गर्दा पनि विकासका काममा विभिन्न समस्या हुने भएकाले त्यसमा जनताले अधिकार मात्र नखोजी कर्तव्यलाई पनि सम्झेर विकास निर्माणमा सहयोग गर्नुपर्ने अध्यक्ष रेश्मीको भनाई छ । उनले भने –“हामीसँग जति चुनौती छ त्यति नै संभावना पनि छ , त्यसैले हामीले गरेर देखाउने माध्यम यहि हो ।” रेश्मीले हिजोका दिनमा मागमा आधारित , आवश्यकतामा आधारित र अधिकारमुखी विकासको माग हुन्थ्यो भने अहिले निड बेसमा फोकस भएर काम गर्नुपर्ने अवस्था छ ।

वडामा भर्ना सम्बन्धिका विषयमा पहिलेको भन्दा केही परिमार्जन गरेको तर सिकाई क्षेत्रमा केही समस्या भएको भन्दै यहाँ रहेका विद्यालयका प्रधानाध्यापकसँग बसेर छलफल गरि सिकाईका बेला हुने समस्याहरुको समाधान खोज्ने अध्यक्ष रेश्मीले बताए ।

त्यस्तै यूवाको क्षेत्रमा पहिलो बर्षमा यूवा लक्षित कार्यक्रमहरु गरेको र अबका दिनमा पनि यूवामा भएको ज्ञान, सीप, प्रविधि सबैलाई प्रयोग गरेर यूवाहरुलाई अघि बढाउने गरि तयारी गरिरहेको बताएका छन् । खानेपानीको लागि बृहत योजना बनाउने तयारीमा रहेको समेत उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...