News Portal

रेडियो सुन्नुहोस्

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु

झुलेनी पोष्ट२०८० असार १९
४६६ पटक
२०८० असार १९

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । पहिरोले पुरिदा १० बर्षीय धन बहादुर रास्कोटी,११ बर्षीय मञ्जु रास्कोटी र १२ बर्षीय खुम बहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । लगातारको वर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घर माथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ। घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...