News Portal

रेडियो सुन्नुहोस्

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु

झुलेनी पोष्ट२०८० असार १९
७०५ पटक
२०८० असार १९

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । पहिरोले पुरिदा १० बर्षीय धन बहादुर रास्कोटी,११ बर्षीय मञ्जु रास्कोटी र १२ बर्षीय खुम बहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । लगातारको वर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घर माथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ। घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...