News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा घटेन हिंसात्मक गतिविधि

झुलेनी पोष्ट २०८० असार २०
५३० पटक
२०८० असार २०

प्यूठान—जिल्लामा हिंसाका घटनाहरु घट्न नसकेको पाईएको छ । गत बर्षको तुलनामा यस बर्ष पनि विभिन्न खाले हिंसाका घटनाहरु बढेको एक तथ्यांकले देखाएको छ । त्यसमा पनि बालविवाह र दबाबपूर्ण बिवाहको दर बढिरहेको देखिएको छ । बालविवाहको न्यूनीकरणका लागि धेरै प्रयास भए पनि अझै घट्न नसकेको सरोकारवालाहरु बताउँछन् ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले प्रस्तुत गरेको तथ्यांकलाई हेर्दा जिल्लाको मुख्य शहरमा रहेको प्यूठान नगरपालिकामा बालविवाह र दबाबपूर्ण विवाहको दर सबैभन्दा बढी देखिन्छ। गत श्रावणदेखि असार १८ गतेसम्म ५ सय ६० वटा विभिन्न हिंसाका घटना आफू कहाँ दर्ता भएको प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)की फोकल पर्सन राधा के.सीले बताईन । केसीका अनुसार यस मध्ये २ सय ६८ वटा बालविवाह र दबाबपूर्ण विवाहका घटना छन् । प्युठान नगरपालिकामा मात्र ६१ जनाको यस सम्बन्धि घटना दर्ता भएको तथ्यांकमा उल्लेख छ । ‘हिंसाका घटना समाधान गर्न प्रयास गरेकै छौ,केन्द्रकी फोकल पर्सन राधा केसीले भनिन,–“ तर पनि घटेका छैनन्।’ जनचेतनाको अभाव, धार्मिक सामाजिक मूल्यमान्यताले गर्दा हिंसाका घटना घट्न नसकेको उनको भनाई छ । सुरक्षा, सेफ हाउसको उचित व्यवस्थापनको चुनौतीपूर्ण अवस्थाकै बिचमा प्रभावकारी सेवा दिन हरपल प्रयारत रहेको उनले बताइन । दर्ता भएका सबै प्रकारका हिंसाका घटनामध्ये सबैभन्दा बढी बालविवाह र दबाबपूर्ण विवाहका घटना रहेको तथ्यांकले देखाएको छ । केन्द्रको तथ्यांक अनुसार १६ जना पुरुष पनि हिंसाका घटना लिएर आएको देखिएको छ । यसले सबै वर्ग जाति हिंसाबाट अछुत नरहेको भन्दै हिंसा लुकाएर नबस्न उनले सबैलाई आग्रह गरिन ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रको बुधबार भएको जिल्ला समन्वय समितिको समिक्षा बैठकमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले ओसिएमसीको सेवालाई सहज र प्रभावकारी बनाउन आफुहरु प्रयासरत रहेको बताईन । अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले हिंसात्मक घटनाहरु कम गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । हिंसामा परेकाहरुलाई उचित व्यवस्थापन गर्नका लागि उपयुक्त सेफ हाउसको अभाव रहेको सन्दर्भमा उनले जिल्लाको मल्लरानी गाउँपालिका खलंगामा रहेको सेफ हाउसलाई जिल्ला स्तरिय रुपमा नै सञ्चालनका लागि पहल थाल्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै स्थानीय सरकार र यससंग सम्बन्धित रहेर काम गर्ने संघ संस्थाहरुले सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...