News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा घटेन हिंसात्मक गतिविधि

झुलेनी पोष्ट २०८० असार २०
६६६ पटक
२०८० असार २०

प्यूठान—जिल्लामा हिंसाका घटनाहरु घट्न नसकेको पाईएको छ । गत बर्षको तुलनामा यस बर्ष पनि विभिन्न खाले हिंसाका घटनाहरु बढेको एक तथ्यांकले देखाएको छ । त्यसमा पनि बालविवाह र दबाबपूर्ण बिवाहको दर बढिरहेको देखिएको छ । बालविवाहको न्यूनीकरणका लागि धेरै प्रयास भए पनि अझै घट्न नसकेको सरोकारवालाहरु बताउँछन् ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले प्रस्तुत गरेको तथ्यांकलाई हेर्दा जिल्लाको मुख्य शहरमा रहेको प्यूठान नगरपालिकामा बालविवाह र दबाबपूर्ण विवाहको दर सबैभन्दा बढी देखिन्छ। गत श्रावणदेखि असार १८ गतेसम्म ५ सय ६० वटा विभिन्न हिंसाका घटना आफू कहाँ दर्ता भएको प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)की फोकल पर्सन राधा के.सीले बताईन । केसीका अनुसार यस मध्ये २ सय ६८ वटा बालविवाह र दबाबपूर्ण विवाहका घटना छन् । प्युठान नगरपालिकामा मात्र ६१ जनाको यस सम्बन्धि घटना दर्ता भएको तथ्यांकमा उल्लेख छ । ‘हिंसाका घटना समाधान गर्न प्रयास गरेकै छौ,केन्द्रकी फोकल पर्सन राधा केसीले भनिन,–“ तर पनि घटेका छैनन्।’ जनचेतनाको अभाव, धार्मिक सामाजिक मूल्यमान्यताले गर्दा हिंसाका घटना घट्न नसकेको उनको भनाई छ । सुरक्षा, सेफ हाउसको उचित व्यवस्थापनको चुनौतीपूर्ण अवस्थाकै बिचमा प्रभावकारी सेवा दिन हरपल प्रयारत रहेको उनले बताइन । दर्ता भएका सबै प्रकारका हिंसाका घटनामध्ये सबैभन्दा बढी बालविवाह र दबाबपूर्ण विवाहका घटना रहेको तथ्यांकले देखाएको छ । केन्द्रको तथ्यांक अनुसार १६ जना पुरुष पनि हिंसाका घटना लिएर आएको देखिएको छ । यसले सबै वर्ग जाति हिंसाबाट अछुत नरहेको भन्दै हिंसा लुकाएर नबस्न उनले सबैलाई आग्रह गरिन ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रको बुधबार भएको जिल्ला समन्वय समितिको समिक्षा बैठकमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले ओसिएमसीको सेवालाई सहज र प्रभावकारी बनाउन आफुहरु प्रयासरत रहेको बताईन । अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले हिंसात्मक घटनाहरु कम गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । हिंसामा परेकाहरुलाई उचित व्यवस्थापन गर्नका लागि उपयुक्त सेफ हाउसको अभाव रहेको सन्दर्भमा उनले जिल्लाको मल्लरानी गाउँपालिका खलंगामा रहेको सेफ हाउसलाई जिल्ला स्तरिय रुपमा नै सञ्चालनका लागि पहल थाल्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै स्थानीय सरकार र यससंग सम्बन्धित रहेर काम गर्ने संघ संस्थाहरुले सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...