News Portal

रेडियो सुन्नुहोस्

प्यूठानकै फरक पर्यटकिय गन्तब्य ः सुन्दर बुकीडाँडा

बाेम बहादुर परियार२०८० असार २४, प्यूठान
१२१३ पटक
२०८० असार २४, प्यूठान

प्यूठान,  तपाई मुस्ताङ जानुभएको छ, छ भने मुस्ताङकै झल्को दिन्छ मल्लरानी गाउँपालिका –  ३ मा रहेको बुँकीडाँडाले।
समुन्द्र सतह देखि १७७५ मिटर उचाईमा रहेको बुकीडाँडामा शनिवार बृक्षारोपण गरियो। डिभिजन बन कार्यालय प्यूठानको आयोजनामा ७ लाख ७८ हजार खर्च गरि तारबार सहित बृक्षारोपण गरिएकोे हो।

स्थानियहरुको सक्रियतामा पर्यटकिय गन्तब्य निर्माणको लागि केही प्रयास भएता पनि विकासको पर्खाईमा रहेको कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले बताए। मुस्ताङको झल्को आयो, यो सुन्दर बुकीडाँडामा पहिलो पटक आउँदा निकै आनन्द महसुस भयो भण्डारीले सुनाए। फिल्म निर्माण, विभिन्न गितको सुटिङ तथा मनोरन्जनको लागि बुकीडाँडा उत्कृष्ट पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने भण्डारी बताउँछन्।

खलंगा – अर्घाखाँची जोड्ने १० मिटर चौडाई भएको रणनितिक सडकको नजिकै रहेको रमणीय ठाँउ बुकीडाँडामा पहिलो पटक आउँदा  आनन्द महसुस गरेको प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपतिले बताए। राम्रो छ भन्ने सुनेको थिए उनले  थपे –  ‘‘ मैले सुनेको सोचेको भन्दा पनि सुन्दर रहेछ। ’’ त्यस्तै कार्यक्रममा सहभागि लायन्स क्लव अफ भित्रकोटका अध्यक्ष खिम प्रसाद पार्धेले भौतिक निर्माण गरि यसको दिर्घकालिन विकासमा सबैले ध्यान दिनुपर्ने बताए। प्यूठानको अधिकांश ठाउँ देख्न सकिने बुकीडाँडाको विकास अपरिहार्य रहेको छ। नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय विराज विष्टले बुकीडाडा निकै सुन्दर भएको भन्दै विकासमा ध्यान दिनुपर्ने बताए।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिकाले निति तथा कार्यक्रममा समेटेर आवश्यक बजेटको ब्यवस्था गरेको बताए। आफु जिबिस सदस्य हुँदा देखि बुकीडाँडाको बिषयमा जानकार रहेको भन्दै यसको विकासमा ध्यान दिने उनको भनाई रहेको छ।
सुन्दर बुँकीडाँडाको विकासको बिषय आफुले उठाएको भन्दै वडा अध्यक्ष नोमराज पौडेलले यो उत्कृष्ट पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न आवश्यक रहेको बताउछन्। बुकेनी निवासी गोरख पुनले सुरुमा बुकीडाडाँको बिषयमा ध्यानाकर्षण गराएको भन्दै दुर्घटनामा परि मृत्यु भएको स्थानिय गोरख पुनलाई संझदै आफु र गोरख दुई जना संगै बुकीडाँडा निस्केर यसको विकासको योजना सुरु गरेको अध्यक्ष पौडेलले सुनाए।

स्थानियहरुको चासो र सहयोग भएको भन्दै वडा अध्यक्ष पौडेलले यसको विकासको लागि सबै संग आग्रह गर्दै आवश्यक बजेटको ब्यवस्था गरी विकासको सुरुवात गर्ने बताए।
कार्यक्रममा डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले तारबार सहित बृक्षारोपणले बुकीडाँडा थप सुन्दर बनाउन आगामी आर्थिक बर्षमा वन हेरालुको लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए।
शनिवार बृक्षारोपण गर्दै गर्दा फोटामा देखिएको बुकीडाँडा ः फोटो फिचर

 कार्यक्रमको संचालन गर्दै डिभिजन वन कार्यालय प्यूठानमा कार्यरत कर्मचारी हरि पौडेल

              बृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गर्दै मल्लरानी गा.पा. अध्यक्ष कृष्ण        बहादुर खड्का ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का ।

बृक्षारोपण गर्दै मल्लरानी गाउँपालिका वडा नं. ३ का अध्यक्ष नोम राज पौडेल ।

बृक्षारोपण गर्दै बुकीडाँडा सामुदायिक वनका उपभोक्ता तथा कार्यक्रमका सहभागिहरु ।

स्थानिय मगर भेषभुषामा सजिएर कार्यक्रममा सहभागि महिलाहरु संग वडा अध्यक्ष नोमराज पौडेल ।

 

कार्यक्रममा सहभागि मल्लरानी पदयात्रा समुह खलंगा।

कार्यक्रमको समापन गर्दै डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शकंर प्रसाद गुप्ता।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...