News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी सडकमा दुर्घटना रोक्न सडक सुरक्षाका काम गरिदै

झुलेनी नेटवर्क२०८० असार २७
८१० पटक
२०८० असार २७

वर्षेने सवारी दुर्घटनामा परेर धेरै जनाको ज्यान जाने गरेको भिंगृ–स्वर्गद्धारी सडक क्षेत्रमा दुर्घटना रोक्न सडक सुरक्षाका काम हुन थालेको छ । सडक डिभिजन कार्यालय प्यूठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यबस्था गरेर सडक सुरक्षाको काम गर्न थालेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले बताए । यसको लागि सडक डिभिजन कार्यालय प्यूठानले बोलपत्र आव्हवान समेत गरिसकेको छ ।

गत जेठ २९ गते यही सडक खण्ड अन्तर्गत टाकुरामा दुर्घटना हुँदा दाङबाट आएको जीप दुर्घटनामा परेर ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्वर्गद्धारी जाने सडक सुधारको विषयमा सरोकारवाला निकायको चासो बढेको छ । यही आसार १५ गते सडक विभाग सम्भार महाशाखाका उपमहानिर्देशक प्रभातकुमार झाबाट सडकको स्थलगत निरिक्षण गरेपछि बजेटको व्यबस्था भएको कार्यालयले जनायो ।

भिंग्री–स्वर्गद्धारी सडक खण्डको (चेनेज ०+००० देखि १४+०००) मा सडक पूर्वाधार विकास कार्यालय, प्यूठानले लगाएको ठेक्का बाहेकको स्थानमा सडक सुरक्षाका काम गर्न थालिएको कार्यालयले जनाएको छ । सडक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत ठेक्का भएको रुमाले र घडेरी क्षेत्र बाहेक भिंगृ–स्वर्गद्धारी सडक १४ किलोमिटर सबै क्षेत्रमा सडक सुरक्षा अन्तर्गत  काम गर्नेगरि ठेक्का भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...