News Portal

रेडियो सुन्नुहोस्

३ दिने कथा लेखन तालिम स्वर्गद्धारी क्याम्पसमा सम्पन्न

बिबश जि.एम २०८० श्रावण २६
९७९ पटक
२०८० श्रावण २६

विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ ।
गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो ।

३ दिनसम्म सिकेका कुराहरुबाट विद्यार्थीहरुले समापन कार्यक्रममा बाल बिबाहले समाजमा निम्ताएको असर, निरन्तर लेख्ने बानी, मेहनतको सफल कथा, प्रेम त्यागपछिको सफलता, बैदेशिक रोजगारी लगायतका विषयमा कथा लेखि सुनाएका थिए । सहभागि विद्यार्थीहरुले तालिमबाट कथा लेखन सम्बन्धि धेरै कुराहरु सिक्ने सुनौलो अवसर मिलेको बताउँदै सुरुमा लेख्ने कला नहुँदा डराएको महसुस भएपनि लेख्दै जादा सामान्य कथा लेख्न सक्ने भएको अनुभवहरु सुनाएका थिए ।

तालिममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगीले कथा आफैमा परिवर्तनको सुत्र भएकोले यो विषय क्षमताको विकास तथा समाजको अन्तर सम्बन्धसँग जोडिएको बताए । नगरप्रमुख योगीले कथाले समाज परिवर्तनमा सहयोग पुग्ने भन्दै सहयोगको लागि आफु र नगरपालिका सधै सकारात्मक भएको प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले कुनै सहयोगका कुराहरु माग गरेमा स्वतन्त्र विद्यार्थी यूनियन र स्वर्गद्धारी बहुमुखी क्याम्पस तयार रहेको स्ववियू स्वर्गद्धारी बहुमुखी क्याम्पसका सभापति टेकराज के.सी ले बताए । आर्थिक आयआर्जन मात्र ठुलो कुरा नभई समाज रुपान्तरण पनि महत्वपुर्ण पाटो भएको भन्दै स्ववियूले क्याम्पसलाई विद्यार्थी मैत्री बनाउँदै थप कार्यक्रमका योजनाहरु तयार गर्ने समेत के.सीको भनाई छ ।

३ दिनसम्म चलेको तालिमको प्रशिक्षकको रुपमा रहेका बालकथाकार बिजयराज आचार्यले सुरुमा पनि यतिको लेख्न खोज्नु धेरै राम्रो भएको बताए । साथै उनले आफु बाट शिक्षा पाएकाहरु मध्य कोही चर्चित राम्रो कथाकार बन्न सके आफुलाई पनि गर्भ हुने बताए ।

स्वर्गद्धारी बहुमुखी क्याम्पसका प्रमुख गुञ्ज बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगी, विशिष्ट अतिथि क्याम्पस सहायक प्रमुख राम कृष्ण शर्मा, उपप्राध्यापक दामोदर शर्मा, जगन्नाथ पोख्रेल स्ववियू सभापति टेकराज के.सी, तालिममा सहभागि विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

स्ववियू सदस्य केशर सुनारको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन स्ववियू सचिव प्रेम बहादुर विश्कर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...