News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रसेवकको मेहनतले नै जनतामा सरकारप्रतिको धारणा निर्धारण गर्छः मन्त्री शर्मा

झुलेनी नेटवर्क२०८० भाद्र १
४२२ पटक
२०८० भाद्र १

प्यूठान, सञ्चार तथा सुचना प्रविधिमन्त्री, नेपाल सरकारको प्रवक्ता रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताएकी छिन् । प्यूठान जिल्लामा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने पक्ष कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको ईच्छाशक्तिको परिणामले सकारात्मक नतिजा दिने वताईन् ।

बर्तमान सरकारले शुसासन र सेवाप्रवाहको विषयलाई विशेष प्राथमिकताका साथ अगाडि वढाईरहेको र त्यसको सफलताको निम्ति कर्मचारीको भुमिका महत्वपुर्ण हुने मन्त्री शर्माले वताईन् । “सम्माननिय प्रधानमन्त्रिज्यूले नेतृत्व गरेर अगाडि वढाईरहनु भएको सुशासनको अभियानले हाईप्रोफाईल हुदैमा कानुन मिच्दा वच्नसक्ने र सर्वसाधारणलाई मात्र कानुन लाग्ने आम बुझाईको अन्त्य भएको छ। यो नै महत्वपुर्ण विषय हो । “शर्माले भनिन, सरकारले सेवाप्रवाहलाई चुस्त वनाउदै प्रकृयागत ढिलाई अन्त्य गरेर सहज रुपमा सेवा प्रवाह गर्ने र सुशासन तथा अनियमिततामा शून्य सहनशिलता अपनाउने नीति अवलम्वन गरेको छ। सरकारको नीति र दृढता, राष्ट्रसेवकको ईच्छाशक्ति र जनताको समर्थनले यो उपलव्धि हासिल गर्न सकिन्छ ।”

प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काको विशेष उपस्थिती रहेको थियो। जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगति, योजना र समस्यावारे व्रिफिङ गरेका थिए।

जनशक्ति अभाव, ठेक्का प्रणालिमा ठेकेदारले गर्ने ढिलासुस्ति, वजेट अभाव, समन्वयमा देखिएका समस्याहरु लगायत कार्यालय प्रमुखले राखेका गुनासाहरुको सम्बोधन गर्दै मन्त्री शर्माले सवै तहका कर्मचारीको समान भुमिकाले नै लक्ष्य हासिल गर्न सकिने वताईन् ।

“जनता सरकारी कार्यालयमा छिर्नेवेला गेटमा हुने व्यवहारदेखी सेवा लिने वेलाका हरेक अनुभवले नै सरकारप्रति जनताको वुझाई निस्चित गर्छ र यस्मा सवै तहका कर्मचारीको समान भुमिका हुन्छ, उनले भनिन्” ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...