News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रसेवकको मेहनतले नै जनतामा सरकारप्रतिको धारणा निर्धारण गर्छः मन्त्री शर्मा

झुलेनी नेटवर्क२०८० भाद्र १
४६५ पटक
२०८० भाद्र १

प्यूठान, सञ्चार तथा सुचना प्रविधिमन्त्री, नेपाल सरकारको प्रवक्ता रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताएकी छिन् । प्यूठान जिल्लामा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने पक्ष कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको ईच्छाशक्तिको परिणामले सकारात्मक नतिजा दिने वताईन् ।

बर्तमान सरकारले शुसासन र सेवाप्रवाहको विषयलाई विशेष प्राथमिकताका साथ अगाडि वढाईरहेको र त्यसको सफलताको निम्ति कर्मचारीको भुमिका महत्वपुर्ण हुने मन्त्री शर्माले वताईन् । “सम्माननिय प्रधानमन्त्रिज्यूले नेतृत्व गरेर अगाडि वढाईरहनु भएको सुशासनको अभियानले हाईप्रोफाईल हुदैमा कानुन मिच्दा वच्नसक्ने र सर्वसाधारणलाई मात्र कानुन लाग्ने आम बुझाईको अन्त्य भएको छ। यो नै महत्वपुर्ण विषय हो । “शर्माले भनिन, सरकारले सेवाप्रवाहलाई चुस्त वनाउदै प्रकृयागत ढिलाई अन्त्य गरेर सहज रुपमा सेवा प्रवाह गर्ने र सुशासन तथा अनियमिततामा शून्य सहनशिलता अपनाउने नीति अवलम्वन गरेको छ। सरकारको नीति र दृढता, राष्ट्रसेवकको ईच्छाशक्ति र जनताको समर्थनले यो उपलव्धि हासिल गर्न सकिन्छ ।”

प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काको विशेष उपस्थिती रहेको थियो। जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगति, योजना र समस्यावारे व्रिफिङ गरेका थिए।

जनशक्ति अभाव, ठेक्का प्रणालिमा ठेकेदारले गर्ने ढिलासुस्ति, वजेट अभाव, समन्वयमा देखिएका समस्याहरु लगायत कार्यालय प्रमुखले राखेका गुनासाहरुको सम्बोधन गर्दै मन्त्री शर्माले सवै तहका कर्मचारीको समान भुमिकाले नै लक्ष्य हासिल गर्न सकिने वताईन् ।

“जनता सरकारी कार्यालयमा छिर्नेवेला गेटमा हुने व्यवहारदेखी सेवा लिने वेलाका हरेक अनुभवले नै सरकारप्रति जनताको वुझाई निस्चित गर्छ र यस्मा सवै तहका कर्मचारीको समान भुमिका हुन्छ, उनले भनिन्” ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...