News Portal

रेडियो सुन्नुहोस्

किसान महासंघको प्रदेश स्तरीय कार्यशाला प्यूठानमा

झुलेनी नेटवर्कभदौ १
६६९ पटक
भदौ १

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको कार्यशाला गोष्ठी शुक्रबार देखी प्यूठानमा सुरु भएको छ । प्यूठान नगरपालिका २ स्थित सिद्धार्थसभाहल दाखाक्वाडीमा गोष्ठी सञ्चालन भएको हो ।

दुईदिन सम्म सञ्चालन हुने कार्यशाला गोष्ठिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता रहेको किसान महासंघ लुम्बिनी प्रदेशका सचिव मुक्ति पोख्रेलले जानकारी दिए ।

कार्यशालाको प्रमुख प्रशिक्षक नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् । गोष्ठिमा महासंघको केन्द्रिय अध्यक्ष प्रेम दगांल, कृषि विज्ञ भाष्कर पौडेल, घनश्याम चौधरी, कमलराज श्रेष्ठ लगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...