News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय जनमोर्चा प्यूठानले गर्‍यो एमसीसी सम्झौताको विरोध

बिबश जि.एम २०८० भदौ १३
९८१ पटक
२०८० भदौ १३

राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको हो ।

अखिल नेपाल महिला संघकी केन्द्रिय सचीव तथा पूर्व सांसद तारा जि.सि ले विरोध सभालाई सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा जि.सीले एमसीसी सम्झौता अमेरिकाको चिन विरोधी, हिन्द प्रशान्त सैनिक रणनीतिको विवादित सैन्य सहयोग भएकाले एमसीसी नेपालको हितमा नभएको बताएकी राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार राष्ट्रिय जनमोर्चाले यस प्रकारको विरोध सभा नेपालको सबै जिल्लाका सदरमुकाममा आज एकैसाथ सम्पन्न गरेको छ ।

एमसीसी सम्झौता खारेज गर, असंलग्न परराष्ट्र नीति कायम गर, राष्ट्रिय स्वाधिनता कायम गरौ लगायतका नारा सहित विरोध गरेका थिए । विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खडका, नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी लगायतका नेताहरु सहभागी थिए ।

????????????????????????????????????

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...