News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय जनमोर्चा प्यूठानले गर्‍यो एमसीसी सम्झौताको विरोध

बिबश जि.एम २०८० भदौ १३
८२२ पटक
२०८० भदौ १३

राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको हो ।

अखिल नेपाल महिला संघकी केन्द्रिय सचीव तथा पूर्व सांसद तारा जि.सि ले विरोध सभालाई सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा जि.सीले एमसीसी सम्झौता अमेरिकाको चिन विरोधी, हिन्द प्रशान्त सैनिक रणनीतिको विवादित सैन्य सहयोग भएकाले एमसीसी नेपालको हितमा नभएको बताएकी राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार राष्ट्रिय जनमोर्चाले यस प्रकारको विरोध सभा नेपालको सबै जिल्लाका सदरमुकाममा आज एकैसाथ सम्पन्न गरेको छ ।

एमसीसी सम्झौता खारेज गर, असंलग्न परराष्ट्र नीति कायम गर, राष्ट्रिय स्वाधिनता कायम गरौ लगायतका नारा सहित विरोध गरेका थिए । विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खडका, नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी लगायतका नेताहरु सहभागी थिए ।

????????????????????????????????????

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...