News Portal

रेडियो सुन्नुहोस्

वृद्धलाई आँखा देखाउदै नौबहिनी गाउँपालिका

झुलेनी नेटवर्क२०८० भदौ २३
५१२ पटक
२०८० भदौ २३

नौबहिनी–सधैं गोरु चराउन जंगल जानुपर्छ । भिराला पाखा, पखेरा । कतिबेला लडिने हो भन्ने डर । ज्यान सञ्चो भएपछि एउटा न एउटा काम गर्नैपर्छ भन्ने मनमा हुट्हुटी भैरहने । प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङका ७५ वर्षीय हरिबहादुर के सी दौतरीसंगै लुङको पौवापोखरा क्षेत्रको जंगलमा सधैं गोरु चराउन जान्थे ।

पौवापोखरा चौपारीमा बसेर दौतरीबिच आँखा बसेका कुरा हुन्थे । आँखा नदेख्ने भएपछि घर कुरेर बस्ने दिन आउन थाल्यो कि भन्दै दुःख साटासाट हुनथ्यो । संगै भैसी चराउन आउने ७८ वर्षीय ग्यानीदेबि कामी आँखा नदेख्ने भएपछि भैसी चराउन ल्याउन छोडीसकेकी थिइन । स्थानीय फनबहादुर कामीको पनि अवस्था उस्तै भइसकेको थियो । हरि बहादर भन्छन्,‘उमेर बढ्दै जादा बर्षौ हिडेको आँगन, गोरेटो, आफूहरुका लागि तारेभिर भइसकेका थिए ।’

अहिले नौबहिनी गाउँपालिकाका वृद्धवृद्धाको अवस्था फेरिएको छ । गएको फागुनमा पालिकाले ८ वटै वडामा आँखा शिविर सञ्चालन गरेको थियो । पालिकाले आँखाका समस्या देखिएका १ सय १७ जना बिरामीको निःशुल्क शल्यक्रिया गर्दिएको छ । नौबहिनी ६,मा मात्रै लालबहादुर केसी, हरी बहादुर केसी, जुरेली सुनार, पबित्रा केसी, बसन्ता केसी लगायत १४ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । त्यसैले त स्थानीय पौवापोखरा क्षेत्रको जंगलमा गोरु, भैसी चराउन आउने वृद्धहरु भेटिन थालेका छन् । हरी बहादुर, फनबहादुर र ग्यानी देविहरुले आफ्ना आँगन गोरेटाहरु राम्रो संग देख्न थालेका छन् । हिँड्न सक्ने भएका छन् । तुलनात्मक रुपमा उनीहरुको जीवन सहज भएको छ ।
घरको जेष्ठ नागरिकको आँखाको समस्या समाधान भएपछि परिवारका सदस्यहरु समेत खुसी छन् । हरि बहादुरकी श्रीमती क्वारादेबि भन्छिन,‘मान्छेको लागि आँखा त सबैथोक नै रहेछ ।’

पालिकाले सञ्चालन गरेको ८ वटै वडाका आँखा शिविरमा ९ सय ३१ जना आँखाका विरामी भेटिएको नौबहिनी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस मध्य १ सय १७ जनाको बिजुवारको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया भएको नौबहिनी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख ञmषिराम शर्माले जानकारी दिए । पालिकाको अनुसार नौबहिनी १ मा १०, २ मा २०, ३ मा १५, ४ मा १६, ५ मा १७, ६ मा १४, ७ मा ७ र ८ नम्बरवडामा १७ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।

गाउँपालिकाले गत वर्ष ६० वर्षभन्दा माथिका नागरिकको आँखाको निःशुल्क उपचारको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यस्तै २ लाख रुपैयाँ शिविर चलाउन खर्च भएको पालिकाले जनाएको छ । ७ लाख खर्च गरेर जेष्ठ नागरिको निःशुल्क आँखा उपचार गरिदिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । गाउँपालिकाले प्यूठान नगरपालिका ४ मा रहेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारसंग सस्झौता गरेको पौडेलले बताए ।

पालिकाले यस वर्ष पनि ६० वर्ष माथिका जेष्ठ नागरिको निःशुल्क आँखा उपचारको लागि बजेटको व्यवस्था गरेको पालिका अध्यक्ष्य डिलबहादुर थापाले बताए । ‘यस वर्षको लागि आँखा अस्पताल बिजुवारसंग सम्झैता गर्ने तयारी गर्दै छौ,’अध्यक्ष थापाले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...