News Portal

रेडियो सुन्नुहोस्

वृद्धलाई आँखा देखाउदै नौबहिनी गाउँपालिका

झुलेनी नेटवर्क२०८० भदौ २३
६२० पटक
२०८० भदौ २३

नौबहिनी–सधैं गोरु चराउन जंगल जानुपर्छ । भिराला पाखा, पखेरा । कतिबेला लडिने हो भन्ने डर । ज्यान सञ्चो भएपछि एउटा न एउटा काम गर्नैपर्छ भन्ने मनमा हुट्हुटी भैरहने । प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङका ७५ वर्षीय हरिबहादुर के सी दौतरीसंगै लुङको पौवापोखरा क्षेत्रको जंगलमा सधैं गोरु चराउन जान्थे ।

पौवापोखरा चौपारीमा बसेर दौतरीबिच आँखा बसेका कुरा हुन्थे । आँखा नदेख्ने भएपछि घर कुरेर बस्ने दिन आउन थाल्यो कि भन्दै दुःख साटासाट हुनथ्यो । संगै भैसी चराउन आउने ७८ वर्षीय ग्यानीदेबि कामी आँखा नदेख्ने भएपछि भैसी चराउन ल्याउन छोडीसकेकी थिइन । स्थानीय फनबहादुर कामीको पनि अवस्था उस्तै भइसकेको थियो । हरि बहादर भन्छन्,‘उमेर बढ्दै जादा बर्षौ हिडेको आँगन, गोरेटो, आफूहरुका लागि तारेभिर भइसकेका थिए ।’

अहिले नौबहिनी गाउँपालिकाका वृद्धवृद्धाको अवस्था फेरिएको छ । गएको फागुनमा पालिकाले ८ वटै वडामा आँखा शिविर सञ्चालन गरेको थियो । पालिकाले आँखाका समस्या देखिएका १ सय १७ जना बिरामीको निःशुल्क शल्यक्रिया गर्दिएको छ । नौबहिनी ६,मा मात्रै लालबहादुर केसी, हरी बहादुर केसी, जुरेली सुनार, पबित्रा केसी, बसन्ता केसी लगायत १४ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । त्यसैले त स्थानीय पौवापोखरा क्षेत्रको जंगलमा गोरु, भैसी चराउन आउने वृद्धहरु भेटिन थालेका छन् । हरी बहादुर, फनबहादुर र ग्यानी देविहरुले आफ्ना आँगन गोरेटाहरु राम्रो संग देख्न थालेका छन् । हिँड्न सक्ने भएका छन् । तुलनात्मक रुपमा उनीहरुको जीवन सहज भएको छ ।
घरको जेष्ठ नागरिकको आँखाको समस्या समाधान भएपछि परिवारका सदस्यहरु समेत खुसी छन् । हरि बहादुरकी श्रीमती क्वारादेबि भन्छिन,‘मान्छेको लागि आँखा त सबैथोक नै रहेछ ।’

पालिकाले सञ्चालन गरेको ८ वटै वडाका आँखा शिविरमा ९ सय ३१ जना आँखाका विरामी भेटिएको नौबहिनी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस मध्य १ सय १७ जनाको बिजुवारको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया भएको नौबहिनी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख ञmषिराम शर्माले जानकारी दिए । पालिकाको अनुसार नौबहिनी १ मा १०, २ मा २०, ३ मा १५, ४ मा १६, ५ मा १७, ६ मा १४, ७ मा ७ र ८ नम्बरवडामा १७ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।

गाउँपालिकाले गत वर्ष ६० वर्षभन्दा माथिका नागरिकको आँखाको निःशुल्क उपचारको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यस्तै २ लाख रुपैयाँ शिविर चलाउन खर्च भएको पालिकाले जनाएको छ । ७ लाख खर्च गरेर जेष्ठ नागरिको निःशुल्क आँखा उपचार गरिदिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । गाउँपालिकाले प्यूठान नगरपालिका ४ मा रहेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारसंग सस्झौता गरेको पौडेलले बताए ।

पालिकाले यस वर्ष पनि ६० वर्ष माथिका जेष्ठ नागरिको निःशुल्क आँखा उपचारको लागि बजेटको व्यवस्था गरेको पालिका अध्यक्ष्य डिलबहादुर थापाले बताए । ‘यस वर्षको लागि आँखा अस्पताल बिजुवारसंग सम्झैता गर्ने तयारी गर्दै छौ,’अध्यक्ष थापाले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...