News Portal

रेडियो सुन्नुहोस्

समाजमा भएका घटनाहरुलाई कथा मार्फत सूचना दिन सक्नुपर्छ : अध्यक्ष थापा

बिबश जि.एम २०८० असोज २१
८१० पटक
२०८० असोज २१

नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले गाउँटोलमा भएका घटनाहरुलाई कथा मार्फत सूचना प्रवाह गर्न सकिने बताएका छन् । शिक्षा यूवा तथा खेलकुद शाखा नौबहिनी गाउँपालिकाले आयोजना गरेको ३ दिने कथा लेखन तालिमको आज समापन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

जिल्लाको दुर्गम मानिने नौबहिनी गाउँपालिकामा पनि कला साहित्य मार्फत गाउँ समाजमा भएका यथार्थ घटनाहरुलाई समेटी साहित्यमार्फत सूचना प्रवाह गर्न जोड दिए । अध्यक्ष थापाले कला साहित्यको लागि नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ३ लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए । साथै कथा लेखन र अन्य कला साहित्यमा अगाडी बढ्न चाहे अवसरको वातावरण गाउँपालिकाले मिलाउने समेत उनले बताए ।

शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा गत शुक्रबार देखि सुरु भएको कथा लेखन तालिम आइतबार सम्पन्न भएको हो । तालिममा दुर्गा मावि, गाबै मावि, गंगा मावि, जनज्योति मावि, लुप्लुङ मावि र अम्बिका मावि गरि ६ वटा माविका ५२ जना विद्यार्थीहरु सहभागि भएको गाउँपालिकाले जनाएको छ । तालिमको सहजिकरण बाल कथाकार बिजय राज आचार्यले गरेका थिए ।
शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहोराको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डिल बहादुर थापा रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...