News Portal

रेडियो सुन्नुहोस्

समाजमा भएका घटनाहरुलाई कथा मार्फत सूचना दिन सक्नुपर्छ : अध्यक्ष थापा

बिबश जि.एम २०८० असोज २१
७९१ पटक
२०८० असोज २१

नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले गाउँटोलमा भएका घटनाहरुलाई कथा मार्फत सूचना प्रवाह गर्न सकिने बताएका छन् । शिक्षा यूवा तथा खेलकुद शाखा नौबहिनी गाउँपालिकाले आयोजना गरेको ३ दिने कथा लेखन तालिमको आज समापन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

जिल्लाको दुर्गम मानिने नौबहिनी गाउँपालिकामा पनि कला साहित्य मार्फत गाउँ समाजमा भएका यथार्थ घटनाहरुलाई समेटी साहित्यमार्फत सूचना प्रवाह गर्न जोड दिए । अध्यक्ष थापाले कला साहित्यको लागि नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ३ लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए । साथै कथा लेखन र अन्य कला साहित्यमा अगाडी बढ्न चाहे अवसरको वातावरण गाउँपालिकाले मिलाउने समेत उनले बताए ।

शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा गत शुक्रबार देखि सुरु भएको कथा लेखन तालिम आइतबार सम्पन्न भएको हो । तालिममा दुर्गा मावि, गाबै मावि, गंगा मावि, जनज्योति मावि, लुप्लुङ मावि र अम्बिका मावि गरि ६ वटा माविका ५२ जना विद्यार्थीहरु सहभागि भएको गाउँपालिकाले जनाएको छ । तालिमको सहजिकरण बाल कथाकार बिजय राज आचार्यले गरेका थिए ।
शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहोराको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डिल बहादुर थापा रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...