News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन

झुलेनी नेटवर्क२०८० असोज २५
११५९ पटक
२०८० असोज २५

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले प्यूठान जिल्लामा आत्महत्याको समस्या बढी देखिएकाले नेपाल रेडक्रस सोसाइटीले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएकी छिन । बिहिबार एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सहजीकरण गर्न नेपाल सरकार लागि पर्ने बताईन । साथै उनले रेडक्रसको भवन निर्माण गर्नको लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवाद समेत व्यक्त गरिन ।

प्रदेश सरकार सहित विभिन्न संघसंस्था, स्थानीय तह लगायत अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा ४३ लाख ४८ हजार २ सय ९ रुपैँयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । २०७९ माघ ३० गते भवन निमार्ण सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीले जानकारी दिए । बिजुवार उपशाखामा १९ महिला र १३१ जना पुरुष गरि १ सय ५० जना आजीवन सदस्य रहेको समेत उनले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगी, निवर्तमान मेयर अर्जुन कुमार कक्षपती, नेपाल रेडक्रस सोसाइटी प्यूठानका जिल्ला सभापति गुमानराज पुलामी, जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनाल, सञ्चारकर्मी लगायतको सहभागी रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...