News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन

झुलेनी नेटवर्क२०८० असोज २५
११४३ पटक
२०८० असोज २५

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले प्यूठान जिल्लामा आत्महत्याको समस्या बढी देखिएकाले नेपाल रेडक्रस सोसाइटीले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएकी छिन । बिहिबार एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सहजीकरण गर्न नेपाल सरकार लागि पर्ने बताईन । साथै उनले रेडक्रसको भवन निर्माण गर्नको लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवाद समेत व्यक्त गरिन ।

प्रदेश सरकार सहित विभिन्न संघसंस्था, स्थानीय तह लगायत अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा ४३ लाख ४८ हजार २ सय ९ रुपैँयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । २०७९ माघ ३० गते भवन निमार्ण सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीले जानकारी दिए । बिजुवार उपशाखामा १९ महिला र १३१ जना पुरुष गरि १ सय ५० जना आजीवन सदस्य रहेको समेत उनले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगी, निवर्तमान मेयर अर्जुन कुमार कक्षपती, नेपाल रेडक्रस सोसाइटी प्यूठानका जिल्ला सभापति गुमानराज पुलामी, जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनाल, सञ्चारकर्मी लगायतको सहभागी रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...