News Portal

रेडियो सुन्नुहोस्

आधुनिक सूचना प्रविधिको प्रयोगमा ध्यान दिन मन्त्री शर्माको आग्रह

झुलेनी नेटवर्क२०८० असोज २६
६२२ पटक
२०८० असोज २६

नेपाल सरकरकी प्रबक्ता एवम् संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले पछिल्लो समय बढ्दै गएको आधुनिक सूचना प्रविधिको क्षेत्रलाई प्रयोग गर्दा सचेत हुन सबैलाई आग्रह गरेकी छिन् । शुक्रबार राप्ती इन्जिनियरिङ कलेज दाङले प्यूठानको नयाँ बजार जुम्रीमा आयोजना गरेको साइबर अपराध, सुरक्षा, सामाजिक प्रभाब, र जनचेतना सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगमा सजकता अपनाउन आग्रह गरिन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मन्त्री शर्माले कार्यक्रमको उद्घाटन गर्दै एक दशक यता सूचना प्रविधिको प्रयोगमा व्यापक परिवर्तन आएको भन्दै देशलाई समृद्धि तर्फ लैजान र आयआर्जनमा वृद्धि गर्न आइसिटीको प्रयोग महत्वपूर्ण रहेको समेत बताइन् । सरकारले आइसिटीलाई नीतिगत रुपमा स्वीकार गरेको भन्दै उनले भनिन्, ‘ सरकारले पनि प्राथमिकतामा राखेको छ, यसबाट आर्थिक उपार्जन पनि भएको छ तर आर्थिक आयआर्जन गर्न कै लागि भने अहिलेसम्म कुनै पनि अभियानात्मक रुपमा कार्यक्रम सञ्चालन गरिएको छैन् । ’

आइटी क्षेत्रबाट राज्यले करिब ६८ अरब बैदेशिक मुद्रा आर्जन गरेको भन्दै आइटी जनशक्ति उत्पादन गर्न बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिईन् । कार्यक्रममा मन्त्री शर्माले साइबर अपराध, सुरक्षा, सामाजिक प्रभाब, र जनचेतना सम्बन्धि साइबर सुरक्षा ऐन तथा सामाजिक सञ्जाल नियमन गर्न ऐन बनाउन लागेको बताईन् ।

कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेज दाङका कार्यकारी निर्देशक तथा कार्यक्रमका संयोजक डा.शैलेन्द्र गिरीले साइबर सुरक्षाका उत्तम अभ्यासहरु, साइबर सुरक्षाका मुख्य उद्देश्य, यसका तत्व, नेपालमा साइबर सम्बन्धि नीति र कानुन, साइबर अपराध र सामाजिक प्रभाव, कानुनी कार्वाहीको अवस्था लगायतका बिषयमा जानकारी गराएका थिए । साथै यस्ता साइबर अपराधहरु आगामी दिनहरुमा अझ बढ्न सक्ने भन्दै विशेष गरी स्थानीय तह र प्रहरी प्रशासनले साइबर अपराध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजीकरण नेपाल सरकारका सूचना प्रविधि विभागका निर्देशक लोकराज शर्मा, सूचना प्रविधि विभागका महानिर्देशक प्रेम सरण श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यवाहक उपमहाप्रबन्धक चिन्तामणी बराल, नेपाल दुरसञ्चारका इन्जिनियर आशिष ज्ञवाली, प्यूठान नगरपालिकाका आइटी अफिसर आशिष पोख्रेल र साइबर सुरक्षा र आइटी विशेषज्ञ नारायाण न्यौपानेले गरेका थिए ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...