News Portal

रेडियो सुन्नुहोस्

वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी रोयल गिरीचौरलाई

झुलेनी नेटवर्क२०८० कात्तिक १७
१०१२ पटक
२०८० कात्तिक १७

वडा स्तरीय क्रीकेट प्रतियोगितामा रोयल गिरीचौरले उपाधी हात पारेको छ । ६१ रनको लक्ष्य पाएको रोयल गिरीचौरले ११ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । फाइनलमा पुगेको बुकिडाँडा यूठ ग्रुपले निर्धारित १२ ओभरमा अलआउट हुँदै ६० रन बनाएको थियो ।
कमेन्टीमा आकृष श्रेष्ठ तथा एम्पाएरमा सनत खड्का र लाल बाहादुर खत्री रहेका थिए ।

यहि १५ गतेदेखि मल्लरानी गाउँपालिका ३ को चौरपानीमा भएको क्रीकेट प्रतियोगितामा १० टिमको सहभागिता रहेको थिाये । उत्कृष्ट क्रीकेट खेलाडीमा रोयल गिरीचौरका टिम क्याप्टेन जीवन पुन परेका छन् । बिजेता टिमले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडीलाई २ हजारले सम्मान गरिएको वडा नं ३ ले जनाएको छ ।

वडा नं ३ को आयोजनामा भएको वडा स्तरीय क्रीकेट प्रतियोगिताको समापन शुक्रबार आज भएको छ । वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समापनमा प्रमुख अतिथि मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठ रहेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...