News Portal

रेडियो सुन्नुहोस्

नेपाने सक्रिय यूवा समुहले मनायो आफ्नो १८औं बार्षिक उत्सव

झुलेनी नेटवर्क२०८० पुष १
६१४ पटक
२०८० पुष १

प्यूठान नगरपालिका ५ झाक्रिगाउँको नेपाने सक्रिय युवा समुहले आफ्नो १८औं बार्षिक उत्सव मनाएको छ । क्लबले सोही अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । सो कार्यक्रममा बोल्दै  ५ नं वडाध्यक्ष नन्दे पुन मगरले क्लबमा नरहे पनि आफ्नो तर्फबाट हुने साथ र सहयोगमा सधै रहने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान नगरपालिका ५ को झाक्री गाउँ आफैमा महत्व बोकेको ठाउँ भएकाले यसको विकासका लागि वडाले यसलाई विकासको लयमा लैजान जोड दिए । साथै खेल क्षेत्र मात्र नभई कृषि, स्वास्थ्य, शिक्षा, यातायात लगायत सिंगो वडाको समेत विकास गर्नका लागि गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।

नेपाने सक्रिय युवा समुहकी अध्यक्ष लिला पुन मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, बिशेष अतिथिमा ५ नं वडाध्यक्ष नन्दे पुन मगर रहेका थिए । क्लबका सदस्य सागर पुन मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रविन पुन मगरले राखेको कार्यक्रम संयोजक श्यामसर पुन मगरले जानकारी दिए । साविकको वडा स्तरिय भलिबल प्रतियोगितामा आयोजक टिम सहित पुरुष तर्फ २६ टिम र महिला भलिबलमा आयोजक सहित ११ टिम रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...