News Portal

रेडियो सुन्नुहोस्

नेपाने सक्रिय यूवा समुहले मनायो आफ्नो १८औं बार्षिक उत्सव

झुलेनी नेटवर्क२०८० पुष १
८६८ पटक
२०८० पुष १

प्यूठान नगरपालिका ५ झाक्रिगाउँको नेपाने सक्रिय युवा समुहले आफ्नो १८औं बार्षिक उत्सव मनाएको छ । क्लबले सोही अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । सो कार्यक्रममा बोल्दै  ५ नं वडाध्यक्ष नन्दे पुन मगरले क्लबमा नरहे पनि आफ्नो तर्फबाट हुने साथ र सहयोगमा सधै रहने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान नगरपालिका ५ को झाक्री गाउँ आफैमा महत्व बोकेको ठाउँ भएकाले यसको विकासका लागि वडाले यसलाई विकासको लयमा लैजान जोड दिए । साथै खेल क्षेत्र मात्र नभई कृषि, स्वास्थ्य, शिक्षा, यातायात लगायत सिंगो वडाको समेत विकास गर्नका लागि गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।

नेपाने सक्रिय युवा समुहकी अध्यक्ष लिला पुन मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, बिशेष अतिथिमा ५ नं वडाध्यक्ष नन्दे पुन मगर रहेका थिए । क्लबका सदस्य सागर पुन मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रविन पुन मगरले राखेको कार्यक्रम संयोजक श्यामसर पुन मगरले जानकारी दिए । साविकको वडा स्तरिय भलिबल प्रतियोगितामा आयोजक टिम सहित पुरुष तर्फ २६ टिम र महिला भलिबलमा आयोजक सहित ११ टिम रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...