News Portal

रेडियो सुन्नुहोस्

बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा जुम्रिमा

बिबश जि.एम२०८० पुस १५
५६४ पटक
२०८० पुस १५

बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११औं वार्षिक साधारण सभा जुम्रीमा सम्पन्न भएको छ । आइतबार प्यूठानको जुम्रीमा रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै मुलतः सहकारीको मुल्यमान्यतामा रहेर काम गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले सहकारीको मुल्यमान्यतालाई ख्याल् गरे सहकारी क्षेत्रमा हुने दुर्घटनाबाट बच्न सकिने बताए । साथै जिल्ला सहकारी सघंले आफ्ना सहकारीमा आवद्ध सेयरसदस्यहरुलाई बचत तथा ऋण सहकारी सम्बन्धि तालिम दिन खोजेमा प्रदेशको अध्यक्षको हैसियतले आफू सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका महासचिव ऋषिराम सापकोटाले सहकारीका सेयर सदस्यहरु सहकारीको नीतिनिर्माण तहमा पनि बस्न आवश्यक रहेको बताए । सहकारीलाई बलियो र राम्रो बनाउन सदस्यहरुले सहकारीको सिद्धान्तलाई पछ्याए मात्र सबल बन्न सकिने उनको धारणा थियो । महासचिव सापकोटाले वित्तिय र गैर वित्तिय सहकारीको बारेमा समेत प्रकाश पारेका थिए ।त्यस्तै जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले सामाजिक अर्थतन्त्रको सवलीकरणद्धारा राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए । राज्यले समेत सहकारीलाई आर्थिक संवादको बलियो खम्बाको रुपमा स्वीकार गरे पनि यसतर्फ खासै ध्यान दिन नसकेको तर्क गरे । जबसम्म सहकारी सवल र सक्षम हुँदैन तबसम्म हाम्रो सहकारी अभियान पनि सफल हुन सक्दैन, पोख्रेलले भने, – ’यसमा राज्य र स्वयम हामी नै चुकेका छौ, यसको निम्ति सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’साधारण सभाको अवसरमम जुम्री वाहाँजोरी बचत तथा ऋण सहकारी संस्था टारी र बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित रुपमा सहकारी सञ्चालन गरेको भन्दै सम्मान गरिएको छ भने कालिका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुना श्रेष्ठलाई उत्कृष्टको रुपमा सम्मान गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई राम्रो र व्यवस्थित गर्न सहकारीको अनुगमन, सहकारीमा पारदर्शिता, जवाफदेहीता हुनुपर्ने बताएका छन् । सहकारी नाफा मुखी भए पनि सेवा मुखी नभएकोमा उनीहरुले दुख व्यक्त गरेका छन् ।बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेडका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपाल, विशेष अतिथि लुम्बिनी प्रदेश महासचिव ऋषिराम सापकोटा, जिल्ला सहकारीका अध्यक्ष सुशील पोख्रेल, बचत तथा सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत सहकारी क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुको सहभागी रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...