News Portal

रेडियो सुन्नुहोस्

बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा जुम्रिमा

बिबश जि.एम२०८० पुस १५
१७५ पटक
२०८० पुस १५

बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११औं वार्षिक साधारण सभा जुम्रीमा सम्पन्न भएको छ । आइतबार प्यूठानको जुम्रीमा रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै मुलतः सहकारीको मुल्यमान्यतामा रहेर काम गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले सहकारीको मुल्यमान्यतालाई ख्याल् गरे सहकारी क्षेत्रमा हुने दुर्घटनाबाट बच्न सकिने बताए । साथै जिल्ला सहकारी सघंले आफ्ना सहकारीमा आवद्ध सेयरसदस्यहरुलाई बचत तथा ऋण सहकारी सम्बन्धि तालिम दिन खोजेमा प्रदेशको अध्यक्षको हैसियतले आफू सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका महासचिव ऋषिराम सापकोटाले सहकारीका सेयर सदस्यहरु सहकारीको नीतिनिर्माण तहमा पनि बस्न आवश्यक रहेको बताए । सहकारीलाई बलियो र राम्रो बनाउन सदस्यहरुले सहकारीको सिद्धान्तलाई पछ्याए मात्र सबल बन्न सकिने उनको धारणा थियो । महासचिव सापकोटाले वित्तिय र गैर वित्तिय सहकारीको बारेमा समेत प्रकाश पारेका थिए ।त्यस्तै जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले सामाजिक अर्थतन्त्रको सवलीकरणद्धारा राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए । राज्यले समेत सहकारीलाई आर्थिक संवादको बलियो खम्बाको रुपमा स्वीकार गरे पनि यसतर्फ खासै ध्यान दिन नसकेको तर्क गरे । जबसम्म सहकारी सवल र सक्षम हुँदैन तबसम्म हाम्रो सहकारी अभियान पनि सफल हुन सक्दैन, पोख्रेलले भने, – ’यसमा राज्य र स्वयम हामी नै चुकेका छौ, यसको निम्ति सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’साधारण सभाको अवसरमम जुम्री वाहाँजोरी बचत तथा ऋण सहकारी संस्था टारी र बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित रुपमा सहकारी सञ्चालन गरेको भन्दै सम्मान गरिएको छ भने कालिका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुना श्रेष्ठलाई उत्कृष्टको रुपमा सम्मान गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई राम्रो र व्यवस्थित गर्न सहकारीको अनुगमन, सहकारीमा पारदर्शिता, जवाफदेहीता हुनुपर्ने बताएका छन् । सहकारी नाफा मुखी भए पनि सेवा मुखी नभएकोमा उनीहरुले दुख व्यक्त गरेका छन् ।बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेडका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपाल, विशेष अतिथि लुम्बिनी प्रदेश महासचिव ऋषिराम सापकोटा, जिल्ला सहकारीका अध्यक्ष सुशील पोख्रेल, बचत तथा सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत सहकारी क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुको सहभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...