News Portal

रेडियो सुन्नुहोस्

प्याव्सन प्यूठानको नवौ साधारण सभा सम्पन्न

बोम बहादुर परियार२०८० पुस २७
६१३ पटक
२०८० पुस २७

निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ ।

प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पन्थीले मुलुकमा शिक्षाकर्मीले जिवन समर्पण गरेर नेपालको शिक्षा विकासलाई अगाडि वढाउनको लागी शिक्षाकर्मीले गरेको काम उपलव्धी र नेपालमा शिक्षा विकासमा गरेको योगदानलाई राज्यले, राजनितिक पाटीहरुले कहिल्यैपनी मुल्याङकन नगरेको बताए । शिक्षाकर्मीहरुकै सहयोगमा देशको राजनीतीक परिवर्तत र मुलुक परिवर्तन भएको बताउदै पन्थीले कम्पनीमै संचालन भएका निजी बिद्यालयहरुलाई कम्पनीमै संचालन गर्न  पाउने सरकारले वातावरण मिलाउनुपर्ने वताए । अहिले ९५ प्रतिशत निजि क्षेत्रका बिद्यार्थीहरुले स्कलरसिपमा नाम निकाल्न सफल भएको उनले ठोकुवा समेत गरे ।

त्यस्तै प्याव्सनका पुर्व अध्यक्ष जगन्नाथ प्रोख्रलले प्यूठानमा निजी विद्यालयहरु नभएको भए प्यूठानको शैक्षिक इन्डिकेटर साह्रै तल पर्ने वताएका छन ।

प्यूठान जिल्लाबाट २०७९ को एस.इ.इ परीक्षामा सबैभन्दा बढि अङक र जि.पी.ए ल्याउने बिद्यार्थी पनि निजी बिद्यालयकै रहेको प्याव्सन प्युठानका सचिव सरद गौतमले वताए ।

कार्यक्रममा  प्याव्सनले प्यूठान बाट २०७९ सालको एस.इ.इ. मा जिल्ला प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीका अविभावकलाइ वोलाएर सम्मान गरेको हो ।

प्युठान नगरपालिका टिकुरीकी आरध्या पण्डितले ३ दशमलव ८५ जि.पी.ए ल्याई जिल्ला प्रथम भएकी थिइन् । त्यस्तै प्युठान नगरपालिकाकै किस्मत थापाले ३ दशमलव ८ जि.पी.ए ल्याई दोस्रो भएका थिए । स्वर्गद्धारी नगरपालिका ३ का प्रवेस श्रेष्ठ पनि ३ दशमलव ८ जि.पी.ए ल्याइ दोस्रो भएका हुन । त्यस्तै प्यूठान नगरपालिका ७ टिकुरीका सुवर्ण बैद्य ३ दशमलव ७५ जि.पी.ए ल्याई जिल्ला तेस्रो भएका थिए ।

हाल जिल्लामा ३९ वटा निजी विद्यालयहरु संचालनमा रहेका छन । जस मध्य ७ वटा मा.वि र बाकि आधारभुत विद्यालयहरु संचालनमा रहेको प्याव्सन प्यूठानले जनाएको छ ।

त्यस्तै प्यूठान नगरपालिका भित्र ११ वटा निजि बिद्यालयहरु संचालनमा रहेको निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन प्याव्सन प्यूठान नगरपालिकाका अध्यक्ष कमल योगीले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्याव्सनका अध्यक्ष लालहरी पाण्डे अन्य सदस्यहरु र प्यूठान जिल्ला स्थित सम्पूर्ण निजि विद्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु सहभागि भएका थिए ।

प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन सचिव सरद सुवेदीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जनकलाल रिजालले गरेका हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...