News Portal

रेडियो सुन्नुहोस्

पुर्खाैली संस्कृति हराउनुमा सबैको चिन्ता हुनुपर्छ : उपप्रमुख रेग्मी

बिबश जि.एम२०८० माघ ६
८१६ पटक
२०८० माघ ६

जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले संस्कृति बचाउन लोक भजनको महत्वपुर्ण भूमिका रहेको बताएकी छिन् । शनिबार राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानको प्रथम बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी रेग्मीले पछिल्लो समय पुर्खाैली संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई बचाउन आवश्यक रहेको बताएकी हुन् ।

त्यस्तै हिन्दु स्वयमसेवक संघ प्यूठानका अध्यक्ष शालीग्राम पण्डितले तत्काल सबै धार्मिक संस्थाहरुलाई एक ठाउँमा बोलाएर कार्यक्रम गर्ने जानकारी गराएका छन् । सो कार्यक्रममा हिन्दु धर्मका परम्परागत रुपमा मान्दै आएका रितिरिवाजलाई उजागर गर्दै प्रत्येक कार्यक्रममा भेला हुने उनले बताए । त्यसको लागि सबै हिन्दु धर्म मान्नेहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो ।

सबै स्थानीय तहका वडाहरुमा रहेका भजनप्रति आस्था राख्ने, माया मोह भएकाहरुका लागि राष्ट्रिय लोक भजन कमिटी गठन गर्ने, ओझेलमा परेका धार्मिक तथा ऐतिहासिक भुवनोटहरुलाई जोगाउँदै पर्यटनसँग जोड्ने गरी प्रतिष्ठान अगाडी बढ्ने बताईएको छ ।

शनिबार प्यूठान नगरपालिका ४ बिजुवार स्थित बयोवृद्ध एंव अनाथ संरक्षण मञ्च जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यक्रम भएको सम्पन्न भएको हो ।
राष्ट्रिय लोक भजन प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा, प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्मा, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष डा. ओमहरी भट्टराई लगायत अन्य धार्मिक आस्था राख्नेहरुकाे सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मधुसुदन खड्काले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...