News Portal

रेडियो सुन्नुहोस्

दाङ्गबाङ्गको विद्यालय भवन भारतीय दूतावासको सहयोगमा बन्ने

झुलेनी नेटवर्क२०८० माघ २३
६८६ पटक
२०८० माघ २३

ऐरावती गाउँपालिका १ स्थित दाङ्गबाङ्गको माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । जिल्लाको दुर्गम क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट १७ कोष टाढाको अर्घाखाँची सींमाना जोडिएको विद्यालय भवन निर्माण गर्नकालागि बिहिबार गाउँपालिका र भारतीय दूतावास बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारतीय दूतावासको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतसाझेदारीमा विद्यालयको सुविधा सम्पन्न भवन निर्माण हुनेछ । साथै छात्रावास समेत निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिए । गाउँपालिले दुई बर्ष पहिले निर्माण गरेको बिस्तृत परियोजना प्रतिबेदन(डीपीआर) अनुसार भवन निर्माणको लागत ४ करोड भन्दा बढीको छ ।

भारतीय दूतावासका प्रतिनिधि, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्मा, वडा अध्यक्ष अमररेस्मी मगरका साथै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि बिचमा भवन निर्माणको लागि त्रिपक्षिय सम्झौता भएको छ ।

ऐरावती गाउँपालिकाको बिकट गाउँ मानिने दाङ्गबाङ्गको अमिलीमा सुविधासम्पन्न विद्यालय भवन तथा छात्रावास निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय हौंसीएका छन् । यो परियोजनाले यस क्षेत्रको शिक्षामा सुधारमा आउने आसा स्थानीयले गरेका छन् । हाल एसईई सम्म मात्रै अध्ययन हुने विद्यालयमा निकट भविश्यमै कक्षा ११ र १२ सञ्चालन गर्नेगरी तयारी थालिएको विद्यालयले जनाएको छ । भवन निर्माणले ११ र १२ कक्षा सञ्चालनमा गर्न सहजता हुने आशा गरिएको छ । विद्यालयका अनुसार हाल दाङ्गबाङ्ग माध्यममिक विद्यालयमा ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...