News Portal

रेडियो सुन्नुहोस्

प्रेम दिवस

सरद विष्ट२०८० फागुन २
१०४५ पटक
२०८० फागुन २

प्रसंग प्रेम दिवसको !

मैले प्रेमलाई नै जीवन ठाने ।
तिमी प्रेमलाई के ठान्यौं ?
उसले भनी,“धत प्रेम पनि कही जीवन हो ?”
अलि मुख बिगार्दै फेरि भनी‘जीवन पो प्रेम हो त ।’
‘कसरी’ ?
उसले भनी–जीवन भए कसरी प्रेम हुन्छ ?
उसको प्रश्नले मलाई धेरै भावुक बनायो ।
मैले बुझेको कुरा,
सच्चा प्रेम नै जीवनको दस्तावेज हो ।

उसले निकै गम्भीर भएर सोधी, ‘तिमीलाई प्रणय दिवस के हो थाहा छ ?
म त सबै भोगेको मान्छे त्यत्ति एउटा प्रणय दिवसको वारेमा थाहा नपाउनु  !
उ खिस्स हाँसी र भनि, के मलाई माया गछौं ?
उसको प्रश्न भुईमा खस्न नपाउँदै मैले जवाफ दिए–मेरो मायामा अझ प्रेमको लेखाजोखा ?
उसका दुवै ओठहरु हाँसे ।

मैले लेखेको कविता‘मृत्युको जित’ सुनाए
उ निकै भावुक भई
हेर ! यही कवितामा म विद्यालयमा प्रथम भएको थिए ।
उसले सोधी– को हुन रोमियो एण्ड जुलेट ?
मैले मनमनै भने अंग्रेजी नपढेकी मान्छे ?
तिनीहरु प्रेममा संसार जितेका मान्छे हुन ।
उसले कुरो अन्तै मोडी ।
यसपालीको प्रणय दिवस कसरी मनाउँछौ ?
प्रश्न आफैमा चित्कार अनि रोदन पनि थियो ।
म त्यहाँबाट हिंडे ।

व्यस्त बजारको भिडभाडमा,
तरुनातन्नेरी फूलहरु किन्दै आदानप्रदान गर्दै थिए ।
मलाई पनि एउटा गिफ्ट पसलमा पुग्नु थियो।
गिफ्ट पसल छिचोल्दा छिचोल्दै एक भव्य गिफ्ट पसलमा पुगे ।
पसलेलाई भ्याई नभ्याई थियो, फूलहरु बेच्न।
युवा–युवतीहरु गिफ्ट छान्न व्यस्त थिए ।
सबै आ–आफ्नो धुनमा थिए ।
कसैलाई कसैको प्रवाह थिएन ।
म पनि त्यही भिड्भाडमा थिए ।
अनि अलि पर कुनामा एउटी सून्दर युवती थिई ।
उसको हातमा फूलहरु थिए ।
म नजिक गएर यि फूलहरु कस्का लागि भनेर सोधे‌‌ ।
उ झर्किएर बोली, तिमीलाई के सरोकार !
सरोकार त होइन, त्यही पनि आज प्रेम दिवस ।
संसारभरका मान्छेहरुसँग माया, प्रेम र सद्भाव देखाउने दिन हो ।
आफुलाई कत्रो चोट परेको छ, उसले भनि।
के को चोट ? मलम लगाएर घाउ निको बनाउनु पर्छ ।
अन्यथा चोटमाथि चोट बल्झन्छ मैले जवाफ दिए ।
उ खिस्स हाँसी र सोधी, तिम्रो नाम के हो ?
मेरो नाम प्रेम हो ।
वा !  कस्तो राम्रो नाम ? उसले फेरि सोधी तिम्रो घर कहाँ हो ?
मेरो घर हिमालमा पर्छ, जहाँ सेता हिमालहरु छन् ।
अनि सहरमा किन आएको ? उसले सोधी
आज सहरमा आउने रहर होइन, वाध्यता छ ।
सुन ! म भन्छु ।
म साच्चै प्रेम दिवसको नारा लगाउन आएको हुँ ।
बाउले छोरीलाई बलात्कार, दाईले बहिनीलाई बलात्कार
चोरी,लुट्पाट, हत्या हिंसा, भष्ट्राचार गरिवी के –के हो ?
देश स्तव्ध छ ।
देशको घाउ र तिम्रो प्रेमको घाउ फरक कुरा हुन् ।
उसले नबुझे जस्तो गरी ।
मतलब मेरो कुरा बुझ्न उसको ध्यान गएन।
ए ! ए !! छोडिदेउ म भन्दै थिए ।
ल ! ल !! मेरो प्रेम दिवसको सन्देश सुन्छौ ?
उ सुन्नआत्तुर थिई ।
मैले खर्रर वाचन गरे ।
तिमी,को हौ तिमी ? के भनँु म तिमीलाई ?
तिमी जीवनको अर्थ, तिमी नै जीवन,
तिमी श्वास, तिमी मुटु, तिमी नै धड्कन ।
जीवनभन्दा माथी प्यार छ तिम्रो,
मेरो हर श्वासमा अधिकार छ तिम्रो ।
त्यो चन्द्रमा , ती तारा,
यो नदि तिमी छ्यौ र त सब छन्,
त्यो तिम्रो मुस्कान म जीउनुको कारण ।
हर क्षण तिम्रो लागि मेरो प्यारको उपहार हुनेछ ।
र त्यति बेलासम्म मेरा आँखामा तिम्रो प्यार हुनेछ ।
जबसम्म समुन्द्रको पानी गुलियो हुँदैन,
जबसम्म कोइलीको आवाज नमिठो हुँदैन,
जबसम्म हिराले आफ्नो चमक छाड्दैन,
र यी सब हुन असम्भव छ,
त्यसैले मैले तिमीलाई भुल्न असम्भव छ ।
यी हरफहरु उसलाई खुव घत लाग्यो ।
उसको मोवाईलमा कपि गर्न खोजी रहेकी थिई ।
तिमी त खतरा साहित्यकार रहेछौं, उसले भनि ।
म शिर ठाडो पारे ।
उसले दिएको तक्मा जोगाउनु थियो ।
झमक्क साँझ पर्दै थियो ।
वजारको रौनक अर्कै थियो ।
तरुनातन्नेरी सबै आ–आफ्नो धुनमा व्यस्त थिए ।
सबैको अभिप्राय प्रेम प्रतिको मोह थियो ।
मैले पनि झट्ट सम्झिए श्रीमतीको लागि आज के कोसेली ?
गिफ्टहरु सोचेभन्दा पनि महङ्गा थिए ।
गिफ्टहरु छान्दा छान्दै निकै अवेर भइसकेको थियो ।
म निकै हतारमा थिए ।
उसले अझै प्रेम लिलाका कुरा सुन्न खोजिरहेकी थिई ।
अब म समय मै घर पुग्नुपर्छ भन्ने निधो गरे।
गिफ्टहरु पनि किन्न सकिएन ।
रित्ता हातहरु र अधेँरो झिममिसे साँझ लिएर
प्रेम दिवस मनाउन घर फर्किए ।।

लेखक : सरद विष्ट
स्वर्गद्धारी न.पा.–३, प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...