News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेटः कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरहीमा भएकाे बस दुर्घटनाका मृतक १० जनाको सनाखत

झुलेनी नेटवर्क२०८० फागुन ३ , प्यूठान
६३३ पटक
२०८० फागुन ३ , प्यूठान

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरहीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कम्तीमा ३० जना घाइते भएका प्रहरीले जनाएको छ ।बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका–१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।
उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुनौलो महाकाली यातायातको सुदुरपश्चिम प्रदेश –०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको थियो । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...