News Portal

रेडियो सुन्नुहोस्

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

बिबश जि.एम२०८० फागुन ६
९७३ पटक
२०८० फागुन ६

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग वोर्ड राखेको छ । आईतबार जिल्लाको स्थानीय तह प्रवेशद्धार वा मुख्यमुख्य स्थानहरुमा अनाधिकृत झोले कुम्ले व्यापारीहरुको लागि जानकारीमुलक होडिङ्ग वोर्ड राखिएको प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

अनाधिकृत घुमन्ते व्यापारीहरुको कारणले गर्दा नेपाल सरकारले तय गरेको मापदण्डहरुको अवलम्बन गर्दै संचालन गरेका उद्योगी व्यवसायीहरुलाई मर्का पर्नुका साथै कमसल तथा गुणस्तरहिन सामग्रीहरुको विक्रि वितरण गरेको समेत पाईएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिए । उनका अनुसार घुमन्ते व्यापारीहरुले गर्दा कर तिरेर, सटर भाडामा लिएर उद्योग व्यवसाय गर्नेहरुलाई असर परेको भन्दै यसलाई रोकथाम गर्नको लागि होर्डिङ बोर्ड नै राखिएको हो ।

यस अघि पनि स्थानीय तहहरुले सूचना निकालेको तर त्यो पूर्णरुपमा कार्यान्वय नभएको हुँदा अहिले त्यसलाई करको दायरा र पूर्णरुपमा कार्यान्वयनमा ल्याउनको लागि यो कार्यलाई तिव्रता दिईएको महासचिव आचार्यको भनाई छ । उपभोक्ताहरु त्यस्ता कार्यबाट ठगिने भएकोले सो कामलाई निरुत्साहित गर्न सहयोग गरिदिन सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सबै सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेको उनले बताए ।

साथै अनाधिकृत रुपमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई करको दायरामा आई निश्चित स्थानमा व्यवसाय संचालन गर्न तथा करको दायरामा नआएको खण्डमा कानुनी प्रक्रियामा जाने पनि प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...