News Portal

रेडियो सुन्नुहोस्

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

बिबश जि.एम२०८० फागुन ६
१०१२ पटक
२०८० फागुन ६

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग वोर्ड राखेको छ । आईतबार जिल्लाको स्थानीय तह प्रवेशद्धार वा मुख्यमुख्य स्थानहरुमा अनाधिकृत झोले कुम्ले व्यापारीहरुको लागि जानकारीमुलक होडिङ्ग वोर्ड राखिएको प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

अनाधिकृत घुमन्ते व्यापारीहरुको कारणले गर्दा नेपाल सरकारले तय गरेको मापदण्डहरुको अवलम्बन गर्दै संचालन गरेका उद्योगी व्यवसायीहरुलाई मर्का पर्नुका साथै कमसल तथा गुणस्तरहिन सामग्रीहरुको विक्रि वितरण गरेको समेत पाईएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिए । उनका अनुसार घुमन्ते व्यापारीहरुले गर्दा कर तिरेर, सटर भाडामा लिएर उद्योग व्यवसाय गर्नेहरुलाई असर परेको भन्दै यसलाई रोकथाम गर्नको लागि होर्डिङ बोर्ड नै राखिएको हो ।

यस अघि पनि स्थानीय तहहरुले सूचना निकालेको तर त्यो पूर्णरुपमा कार्यान्वय नभएको हुँदा अहिले त्यसलाई करको दायरा र पूर्णरुपमा कार्यान्वयनमा ल्याउनको लागि यो कार्यलाई तिव्रता दिईएको महासचिव आचार्यको भनाई छ । उपभोक्ताहरु त्यस्ता कार्यबाट ठगिने भएकोले सो कामलाई निरुत्साहित गर्न सहयोग गरिदिन सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सबै सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेको उनले बताए ।

साथै अनाधिकृत रुपमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई करको दायरामा आई निश्चित स्थानमा व्यवसाय संचालन गर्न तथा करको दायरामा नआएको खण्डमा कानुनी प्रक्रियामा जाने पनि प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...