News Portal

रेडियो सुन्नुहोस्

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

झुलेनी नेटवर्क२०८० फागुन १०
६०२ पटक
२०८० फागुन १०

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रमा डेलिगेशनआएका छन् । स्याउलीवाङमा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी,स्थानीयबासी लगायतको संयुक्त टोली बिहिबार डेलिगेशनआएको हो ।

कार्यालयमा धेरै पटक अनुरोध गर्दा पनि विद्युत लाइन बिस्तारको काममा तत्परता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएर डेलिगेशन आएको वडा अध्यक्ष घन बहादुर बुढाले बताए ।ठेकेदारले समय मै काम नगर्दा विद्युत लाईन बिस्तारका लागि स्याउलीवाङमा लगिएका पोल ,तार अलपत्र अवस्थामा रहेको बुढाले बताए ।
विद्युत लाइन बिस्तार गर्न नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रसँग २०७७ जेठ ७ गते महर्षि कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सम्झौता भएको थियो ।तर अहिलेसम्म निर्माण कमप्नीले काम नगरी अलपत्र अवस्थामा छाडेको निवर्तमान वडाध्यक्ष सेर बहादुर सेनले बताए । सम्झौता अनुसार विद्युत लाईन बिस्तारको काम २०७८ चैत्र मसान्तसम्म सक्ने भनिएको थियो । सयम मै विद्युत लाइन बिस्तार नहुँदा नौबहिनी–१ स्याउलीवाङका बासिन्दाहरु अँध्यारोमा बस्न बाध्य छन्। लघु जलविद्युतबाट बत्ती बाल्दै आएतापनि लघु जलविद्युत जिर्ण हुँदै गएका छन । आवश्यकता भन्दा कम क्षमता,नजिकै नेपाल टेलिकमको टावर भएकोले पनि लघु विद्युत प्रयोग गर्दा उज्यालो कम आउने (लाईन डिम हुने), मोवाइल चार्ज गर्न समेत कठिनाई भएको निवर्तमान वडाध्यक्ष सेनले बताए ।
विद्युत लाईन बिस्तारका लागि आवश्यक पर्ने सामग्रीहरु नभएकाले ठेकेदारले समय मै काम गर्न नसकेको नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए । विद्युत प्राधिकरणका अनुसार स्याउलीवाङमा विद्युत लाईन विस्तार गर्न ८ मिटरको २ सय ६ वटा पोल, ११ मिटरको १ सय २५ वटा पोल र १ सय ४ वटा स्टे सेट , तार लगायतका सामग्रीहरु आवश्यक पर्छ ।

बिहिबार नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रको कार्यालयमा डेलिगेशन आएका स्थानीय र कार्यालयको संयक्त बैठक बसी २०८० चैत्र मसान्तसम्म काम गर्ने सहमति भएको छ । जसका फागुन १३ गते नौबहिनी गाउँपालिका वडा नं.–१ को वडा कार्यालयमा कार्यालय प्रमुख,ठेकेदार प्रतिनिधि र अनुगमन टोलीको संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको वडाध्यक्ष बुढाले बताए ।
चैत्र मसान्तसम्म स्याउलीवाङमा विद्युत लाईन बिस्तारको काम सक्ने गरी प्रक्रिया अगाडी बढाईने वितरण केन्द्रका प्रमुख दासले डेलिगेशन टोलीसँग प्रतिवद्धता जनाएका छन ।

यस अघि प्रकाशित समाचारमा डेलिगेशन हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ । – सम्पादक

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...