News Portal

रेडियो सुन्नुहोस्

कम्युनिष्ट्र विद्यार्थी अभियान प्युठानमा पनि

सागर रिजालप्युठान,२२ मंसिर
१०५४ पटक
प्युठान,२२ मंसिर

राष्ट्रिय स्वाधीनता,स्वतन्त्रता , सिमा सुरक्षा र बिद्यार्थी अनुशासनको पक्षमा हाम्रो आन्दोलन बलात्कार ,हत्या हिंसा, गुण्डागर्दी तथा शैक्षिक व्यापारिकरण र भ्रस्टिकरणको विरुद्ध भन्ने मुल नारा सहित कम्युनिष्ट्र अभियान प्युठानमा पनि सञ्चालन भएको छ । अखिल क्रान्तिकारी प्युठानको अयोजनामा स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा अभियानको उद्घाटन गरिएको हो । यहि मंसिर १८ गते पोखरा, कैलाली, झापा, काठमान्डौबाट एकैसाथ उद्घाटन भएपश्चात नेपाल भर यो अभियान सञ्चालन भएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पदम पोख्रेलले जानकारी दिए ।
अभियानकै क्रममा स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको थियो । कम्युनिष्ट्र आन्दोलनमा माक्र्सवादी अनुशासनमा भयङकर खडेरी परेको र त्यसको सिकार आम बिद्यार्र्थी पनि भएकोले देशै भरका सम्पूर्ण यूवा विद्यार्थीहरुलाई मुख्य त मालेमावादी नैतिक आदर्शमा रुपान्तरण गरेमा मात्र देश स्वाधिन, स्वतन्त्र एवं अधिकार सम्पन्न नेपाली जनता हुने, संगठनको केन्द्रीय निश्कर्ष अनुरुप देशव्यापी अभियान चलाईएको पोख्रेलले जानकारी दिए । यहि अभियानकै क्रममा शैक्षिक माफिया र दलालहरुलाइ तल पार्दै बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनलाई उचाईमा पु¥याउन कम्युनिष्ट्र विद्यार्थी अभियान सार्थक हुने संगठनले विश्वास गरेको उनले बताए ।
अभियानको उद्घाटनकै क्रममा उद्घाटनकै अवसरमा सुवास केसी सहित संगठनमा आवद्व १७ सदस्यीय क्याम्पस मुल इकाई समिति गठन गरिएको समेत उनले जानकारी दिए ।
अखिल क्रान्तिकारीका जिल्ला सभापती बाल ब.घर्तीको अध्यक्षतामा भएको अभियान कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा राप्ति व्युरो ईन्चार्ज पदम प्रसाद पोख्रेल रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...