News Portal

रेडियो सुन्नुहोस्

कम्युनिष्ट्र विद्यार्थी अभियान प्युठानमा पनि

सागर रिजालप्युठान,२२ मंसिर
१३३६ पटक
प्युठान,२२ मंसिर

राष्ट्रिय स्वाधीनता,स्वतन्त्रता , सिमा सुरक्षा र बिद्यार्थी अनुशासनको पक्षमा हाम्रो आन्दोलन बलात्कार ,हत्या हिंसा, गुण्डागर्दी तथा शैक्षिक व्यापारिकरण र भ्रस्टिकरणको विरुद्ध भन्ने मुल नारा सहित कम्युनिष्ट्र अभियान प्युठानमा पनि सञ्चालन भएको छ । अखिल क्रान्तिकारी प्युठानको अयोजनामा स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा अभियानको उद्घाटन गरिएको हो । यहि मंसिर १८ गते पोखरा, कैलाली, झापा, काठमान्डौबाट एकैसाथ उद्घाटन भएपश्चात नेपाल भर यो अभियान सञ्चालन भएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पदम पोख्रेलले जानकारी दिए ।
अभियानकै क्रममा स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको थियो । कम्युनिष्ट्र आन्दोलनमा माक्र्सवादी अनुशासनमा भयङकर खडेरी परेको र त्यसको सिकार आम बिद्यार्र्थी पनि भएकोले देशै भरका सम्पूर्ण यूवा विद्यार्थीहरुलाई मुख्य त मालेमावादी नैतिक आदर्शमा रुपान्तरण गरेमा मात्र देश स्वाधिन, स्वतन्त्र एवं अधिकार सम्पन्न नेपाली जनता हुने, संगठनको केन्द्रीय निश्कर्ष अनुरुप देशव्यापी अभियान चलाईएको पोख्रेलले जानकारी दिए । यहि अभियानकै क्रममा शैक्षिक माफिया र दलालहरुलाइ तल पार्दै बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनलाई उचाईमा पु¥याउन कम्युनिष्ट्र विद्यार्थी अभियान सार्थक हुने संगठनले विश्वास गरेको उनले बताए ।
अभियानको उद्घाटनकै क्रममा उद्घाटनकै अवसरमा सुवास केसी सहित संगठनमा आवद्व १७ सदस्यीय क्याम्पस मुल इकाई समिति गठन गरिएको समेत उनले जानकारी दिए ।
अखिल क्रान्तिकारीका जिल्ला सभापती बाल ब.घर्तीको अध्यक्षतामा भएको अभियान कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा राप्ति व्युरो ईन्चार्ज पदम प्रसाद पोख्रेल रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...