News Portal

रेडियो सुन्नुहोस्

पुर्वी प्यूठानमा प्रयोगशालाको प्रभाव

बोम बहादुर परियार२०८० चैत १
८७९ पटक
२०८० चैत १

“नेपालको संविधानको धारा ३५ मा उल्लेख गरिएको छ, कुनैपनी नेपाली नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन् । अफ्नो स्वास्थ्यको वारेमा थाहा पाउने प्रत्यक नागरिकको अधिकार हो ।”

सरकारले आवश्यक्ताका आधारमा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला (ल्याव) राख्न अनुमती दिएतापनी जिल्लाका कतिपय पालिकाहरुले चासो देखाएका छैनन् । जिल्लामा सुगर प्रेसर र वाथरोगका विरामीहरु प्राय वढि नै रहेको स्वास्थ्यको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य सेवामा समान पहुच भनिएतापनी गाउँका नागरिकहरुले आफ्नो सुगर, युरिक एसिड, हेमोग्लोविन जस्ता सामान्य प्रयोगशाला जाँच गर्न समेत जिल्ला अस्पताल धाउनुपर्छ तर मल्लरानी गाउपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकीमा अहिले प्रयोगशाला सुचारु भएपछी स्थानीयहरु निकै खुसी भएका छन् ।

स्थानीय शिक्षक चक्रपाणी पौडेलले भने “म आफ्नो सुगरको जाच गर्न पटक/पटक विजुवार धाउनु पथ्र्यो, अहिले सहज भएको छ, गाउँकै स्वास्थ्य संस्थामा सुगर जाँच गर्न पाउदा खुसी छु जसले गर्दा समय र पैसाको समेत वचत भएको छ ।”

त्यस्तै मल्लरानी गाउपालिका ३ स्थित बर्वाेट धैरेनी ठाटीका विष्णु विकले गाउँकै स्वास्थ्य संस्थामा आमाको रगत जाँच गरि औषधी सुचारु गरेपछी सन्चो भएको सुनाए ।

त्यस्तै चुँजाठाटीका प्रतिमान रानाले घरको दैलो अगाडि रहेको स्वास्थ्य संस्थावाट प्रयोगशाला सेवा लिन पाउदा खुसी व्यक्त गरे ।
धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलले स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा थपिएपछी विरामी पहिचान गर्न सहज भएको वताए । जसले गर्दा प्रसुती सेवामा समेत सहज भएको छ । अहिले स्वास्थ्य संस्थावाट सामान्य सुल्क लिएर न्युनतम जाँचहरु गरेका छौ, “उनले भने भोलीका दिनहरुमा सवैको साथ र सहयोग मिले प्रयोगशालामा हुने जाँचहरु वृद्धि गर्ने सोचमा छौ ।”

वडा अध्यक्ष नोमराज पौडेलको पहलमा मल्लरानी गाउँपालिका ३ बर्वाेटका समाजसेवी लेखनाथ पौडेल र श्रीमती भिमकला पौडेलको नामबाट गत पुस २४ गते चुँजाठाटीमा प्रतिनिधी सभा सदस्य सांसद माननीय सुर्य थापाको प्रमुख आतिथ्यतामा प्रयोगशाला उद्घाटन गरियो ।

समाजसेवी डाक्टर राजेन्द्र पौडेलले आफु जन्मिएको, हुर्किएको र अध्ययन गरेको ठाउँमा प्रयोगशाला नहुँदा स्थानीयहरुले सास्ती भोग्नुपरेको भन्दै आफ्नो व्यक्तिगत लगानीमा प्रयोगशाला खोलीदिए । जसले गर्दा स्थानीयहरुलाई विजुवार खलंगा पुग्नुपार्ने वाध्यता हराएको छ । जहाँ प्रयोगशाला सुचारु भएपछी स्थानीय मात्र होइन् स्वास्थ्य चौकीका कर्मचारी समेत खुसी छन् ।

डाक्टर पौडेलको यो सोचले गर्दा १ जना कर्मचारीले रोजगार समेत पाएका छन् । अहिले नजिकैको स्वास्थ्य संस्थावाट स्थानीयहरुले आफ्नो रगत, दिसा, पिसावको जाँच गर्न पाएका छन् ।

हाल धरमपानी स्वास्थ्य चौंकीवाट हुँदै आएका जाँचहरु रगतमा सुगर, युरिक यसिड, जन्डीस, टाइफाइड, शरीरमा रगतको अवस्था,  हेमोग्लोबिन, रगतमा विभिन्न रक्तकोषहरुको अवस्था जान्न सी.वी.सी.जाँच, सि.आर.पी, आर.ए. फ्याकटर, इ.एस.आर, एच.वी.एस.ए.जी, एच.सी.भी, गु्रपीङ, किड्नीको सामान्य परिक्षण, कलेजोको परिक्षण, एच.आइ.भी, दिसा, पिसाव, खकार, पिसावद्धारा गर्भ परिक्षण, मलेरीया लगायतका जाँच हुँदै आएको छ ।

पुर्वी प्यूठानको चुँजाठाटीमा खोलिएको प्रयोगशाला सेवाबाट अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, प्यूठानको ऐरावती र मल्लरानी गाउँपालिकाका नागरिकहरु लाभान्वित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...