News Portal

रेडियो सुन्नुहोस्

पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन हुन्न : सांसद चौधरी

बिबश जि.एम२०८० चैत २२
७०९ पटक
२०८० चैत २२

नेकपा एकिकृत समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन नहुने बताएका छन् । विहीबार एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी प्यूठानले आयोजना गरेको पार्टी कमिटी बैठकलाई सम्बोधन गर्दै सासंद चौधरीले यस्तो बताएका हुन् । पछिल्लो समय राजनीति प्रति जनताको विश्वास कम हुँदै गएको भन्दै यस पार्टी सम्वद्ध नेताहरु चनाखो हुन आवश्यक रहेको उनको भनाई थियो । मुलुकको राजनीति कता धकेलिदै छ भन्ने कुरा बुझ्न पनि सांसद चौधरीले आफ्ना नेता कार्यकर्तालाई आग्रह गरे । साथै बैशाख ३ देखि ७ गतेसम्म काठ्माडौंमा पार्टीको राष्ट्रिय महाधिवेशन हुने समेत जानकारी गराएका छन् ।

नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी प्यूठानका अध्यक्ष भोजविक्रम बुढा मगरको अध्यक्षतामा पार्टी कार्यालय जुम्रीमा भएको बैठकमा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...