News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोकियो

सिखबर संवाददाता२६ मंसिर,
९७४ पटक
२६ मंसिर,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ।

सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नु पर्ने हुँदा सरुवा रोक्न पत्राचार गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए। समायोजन अवधिमा सरुवा जारी रहँदा काममा अवरोध पुग्ने भएकाले त्यसो गरिएको उनले बताए।

तोकिएको अवधिभित्र कर्मचारीको विवरण किताबखानामा अद्यावधिक गर्न गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। उसले समायोजन प्रक्रियामा सहभागी भई संघीयता कार्यान्वयनमा सहयोग गर्न सबै कर्मचारीलाई अपिल समेत गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले आफ्नो कार्यालयमा मंसिर २८ भित्र अनिवार्य हाजिर भई सम्बन्धित सेवा सञ्चालन गर्ने निकायरमन्त्रालयमा पठाउन कार्यालय प्रमुखलाई निर्देशन समेत दिइएको छ।

समायोजनको निम्ति निवेदन दिन आफू खटिएको कार्यालयमा उपस्थित भई विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले स्थानीय तहमा १० दिन र सरकारी सेवाका कर्मचारीका लागि १५ दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ।

सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधिक गर्नरगराउन सेवा सञ्चालन गर्ने निकायमा मंगलबार पत्राचार गरिएको छ। राष्ट्रिय किताबखानामा रहेका कर्मचारीको विवरण मोबाइल नम्बरमार्फत १५ दिनभित्र अद्यावधिक गर्न सबै कर्मचारीलाई एसएमएस पठाइसकिएको छ।

कर्मचारी समायोजन प्रक्रिया सुरुवात भएको जानकारी गराउँदै मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई चिठी लेखेको हो। कर्मचारी समयोजन तथा संगठन विकास महाशाखाका उपसचिव अनिता निरौलाद्वारा जारी विज्ञप्तिमा संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारीको समायोजन प्रक्रिया सुरुवात भएको उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कर्मचारी समायोजन अध्यादेश २०७५ ले सोमबार राजपत्रमा प्रकाशित भई कानुनी रूप लिइसकेको छ।

सबै गरेर एक लाख ८ हजार कर्मचारी समायोजन हुँदै छन्। त्यसमा निजामती सेवाका करिब ८९ हजार, स्थानीय तहका १७ हजार र अन्य सेवाका २ हजार छन्। मन्त्रालयले समायोजनका लागि अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको छ।

समायोजन फारम भर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, ७ वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ वटै स्थानीय तहमा हेल्प डेस्क राखिने छ। ‘देशभर नै हेल्पडेस्क राख्छौ,’ निरौलाले भनिन्, ‘फारामको नमुना पनि छिटै बाहिर ल्याउँछौ।’

समायोजनको लागि फाराम भर्न तीन सातादेखि एक महिनाको समयअवधि दिइनेछ। समायोजनमा कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमध्ये रोज्न पाउने छन्। आजको अन्नपुर्णमा खवर छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...