News Portal

रेडियो सुन्नुहोस्

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

बिबश जि.एम२०८१ बैशाख १९
८६२ पटक
२०८१ बैशाख १९

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले साहित्यले समाजका वास्तविक चरित्रलाई अगाडी बढाउदा थप समाजलाई हित हुने गरेको बताए । साहित्यले राजनीतिक क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्र लगायत अन्य सबै क्षेत्रलाई सकारात्मक परिवर्तन गर्नको लागि यी सिर्जनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको पनि उनको भनाई छ ।

त्यस्तै प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले साहित्य वाचन मात्र नभई त्यसले धेरै अर्थपूर्ण विषयवस्तुहरु उठान गरेको बताए । समाजको यथार्थतालाई बाहिर ल्याउने एउटा मुल आधार नै साहित्य यस्ता अर्थपूर्ण साहित्यलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताएका छन् । साथै आफूले सिर्जना गरेका साहित्यहरुलाई जिल्लामा दर्ता गराई चोरी हुनबाट बचाउन समेत प्रजिअ अर्यालले साहित्य प्रेमीहरुलाई आग्रह गरेका हुन् ।

राप्ती साहित्य परिषद प्यूठान शाखाका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर बहादुर थापा, जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत जालन्धर भुसाल, स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाका क्याम्पस प्रमुख गुन्ज बहादुर खड्का, राप्ती साहित्य परिषद प्यूठानका कार्यवाहक अध्यक्ष बिमला खनाल, निवर्तमान अध्यक्ष गेहराज थापा, पूर्व अध्यक्ष गेहराज शर्मा, साहित्य परिषद प्यूठान लुम्बिनी बाङ्मय प्रतिष्ठान प्यूठानकी अध्यक्ष राजकुमारी कवर, सञ्चारकर्मी,साहित्य प्रेमी, लगायतको सहभागिता थियो ।

राप्ती साहित्य परिषद प्यूठान, स्ववियू स्वर्गद्धारी क्याम्पस प्यूठान र साहित्य परिषद प्यूठान लुम्बिनी बाङ्मय प्रतिष्ठान प्यूठानको संयुक्ता अयोजनामा भएको कार्यक्रमको सञ्चालन धुर्व गिरीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...