News Portal

रेडियो सुन्नुहोस्

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

झुलेनी नेटवर्क२०८१ बैशाख २४
६८३ पटक
२०८१ बैशाख २४

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका काममा फड्को मार्न सकिने बताएका छन् । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानको ११ औं बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद थापाले एक्लैले मात्र सबै काम गर्न सम्भव नहुने भन्दै सबैको साथ आवश्यक रहेको बताएका हुन् । सांसद थापाले एमाले पार्टीको हैसियतले पनि ठूलो भएको बताउँदै सोही अनुसारको परिणाम निकाल्न पार्टी अनुशासन र सक्रियता हुन जरुरी रहेको बताए । सुखी नेपाली र समृद्ध नेपालको जिम्मेवारी नै एमालेले लिएको समेत थापाले उल्लेख गरेका छन् । साथै एमाले प्यूठानको १० औं अधिवेशन सर्वसम्मत रुपमा चयन गर्न समेत उनले आग्रह गरे ।

बैठकले आगामी जेष्ठ २० र २१ गते १० औं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । ५ सय ६५ जना प्रतिनिधि सबैलाई अधिवेशनमा सहभागि हुन समेत अनुरोध गरिएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

त्यस्तै पार्टीले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत बनाएको छ । आर्थिक प्रतिवेदन सन्देश आचार्य, राजनीतिक प्रतिवेदन जिल्ला अध्यक्ष विजयविराज विष्ट, निर्वाचन संयोजक नेत्र बहादुर रोकाय, खाद्यान्न तथा आवास व्यवस्थापनमा नविन श्रेष्ठ, प्रतिनिधि व्यवस्थापनमा माधव पौडेल र प्रचारप्रसारमा प्यूठान नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।

नेकपा एमाले प्यूठानका अध्यक्ष बिजयविराज विष्टको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले प्यूठान जिल्ला ईन्चार्ज तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, पार्टीका पूर्व केन्द्रिय सदस्य हरिप्रसाद रिजाल लगायतले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...