News Portal

रेडियो सुन्नुहोस्

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

झुलेनी नेटवर्क२०८१ बैशाख २४
४९३ पटक
२०८१ बैशाख २४

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका काममा फड्को मार्न सकिने बताएका छन् । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानको ११ औं बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद थापाले एक्लैले मात्र सबै काम गर्न सम्भव नहुने भन्दै सबैको साथ आवश्यक रहेको बताएका हुन् । सांसद थापाले एमाले पार्टीको हैसियतले पनि ठूलो भएको बताउँदै सोही अनुसारको परिणाम निकाल्न पार्टी अनुशासन र सक्रियता हुन जरुरी रहेको बताए । सुखी नेपाली र समृद्ध नेपालको जिम्मेवारी नै एमालेले लिएको समेत थापाले उल्लेख गरेका छन् । साथै एमाले प्यूठानको १० औं अधिवेशन सर्वसम्मत रुपमा चयन गर्न समेत उनले आग्रह गरे ।

बैठकले आगामी जेष्ठ २० र २१ गते १० औं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । ५ सय ६५ जना प्रतिनिधि सबैलाई अधिवेशनमा सहभागि हुन समेत अनुरोध गरिएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

त्यस्तै पार्टीले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत बनाएको छ । आर्थिक प्रतिवेदन सन्देश आचार्य, राजनीतिक प्रतिवेदन जिल्ला अध्यक्ष विजयविराज विष्ट, निर्वाचन संयोजक नेत्र बहादुर रोकाय, खाद्यान्न तथा आवास व्यवस्थापनमा नविन श्रेष्ठ, प्रतिनिधि व्यवस्थापनमा माधव पौडेल र प्रचारप्रसारमा प्यूठान नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।

नेकपा एमाले प्यूठानका अध्यक्ष बिजयविराज विष्टको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले प्यूठान जिल्ला ईन्चार्ज तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, पार्टीका पूर्व केन्द्रिय सदस्य हरिप्रसाद रिजाल लगायतले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...