News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८१ बैशाख २४
६५५ पटक
२०८१ बैशाख २४

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले नगरभित्रका १० वटै वडामा भेला तथा बैठक आगामी जेष्ठ १० गतेभित्र सक्ने निर्णय गरेको छ ।

साथै भेलाले नेकपा एमालेको आगामी जेष्ठ २० र २१ गते हुने १० औं जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधिहरुको छनोट समेत १० गते भित्र गरिसक्ने नगरकमिटी सचिव पार्वता आचार्यले बताईन् ।

नगरकमिटीको बैठकमा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापा, लुम्बिनी प्रदेश सांसद माननीय तुल्सीराम शर्मा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्ट लगायतले बैठकमा शुभकामना मन्तव्य राखेका नेकपा एमाले प्यूठान नगरकमिटीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...