News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८१ बैशाख २४
७९१ पटक
२०८१ बैशाख २४

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले नगरभित्रका १० वटै वडामा भेला तथा बैठक आगामी जेष्ठ १० गतेभित्र सक्ने निर्णय गरेको छ ।

साथै भेलाले नेकपा एमालेको आगामी जेष्ठ २० र २१ गते हुने १० औं जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधिहरुको छनोट समेत १० गते भित्र गरिसक्ने नगरकमिटी सचिव पार्वता आचार्यले बताईन् ।

नगरकमिटीको बैठकमा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापा, लुम्बिनी प्रदेश सांसद माननीय तुल्सीराम शर्मा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्ट लगायतले बैठकमा शुभकामना मन्तव्य राखेका नेकपा एमाले प्यूठान नगरकमिटीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...