News Portal

रेडियो सुन्नुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

बिबश जि.एम२०८१ बैशाख २५
७७५ पटक
२०८१ बैशाख २५

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ । मंगलबार राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम प्यूठान आई प्यूठान नगरपालिका ४ मा किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई लगाईएको छ । सोही कार्यक्रम बुधबार स्वर्गद्धारी नगरपालिकामा समेत गर्ने कार्यालयले जनाएको छ । लगाईसकेपछि औषधी समेत वितरण गरिएको छ ।

 

राष्ट्रिय पशु प्रधान कार्यालय नेपालगंजका कार्यालय प्रमुख डा. खगेन्द्रराज सापकोटाले किसानलाई कार्यालयमै बोलाएर औषधी बाड्दा वास्तविक समस्या पत्ता लगाउन कठिनाई हुने भएकाले यथार्थ किसानको समस्यालाई बुझ्न फिल्डमै पुग्ने गरेको बताए । फिल्डमै पुगेपछि पशुले के कारणले, के अवस्थामा, कुन तत्वको कमिले वा पाठेघर कुन तरिकाले बाँझोपन भयो भन्ने सबै तथ्यको पहिचान गर्ने गरेको बताएका छन् । साथै बाँझोपन एउटै कारणले नहुने भन्दै सबै व्यवस्थापनलाई बुझ्न आवश्यक रहेको उनको भनाई थियो ।

किसानको गोठमा पुगेर सेवा दिएको भन्दै प्यूठान नगरपालिकाले खुसी व्यक्त गरेको प्यूठान नगरपाकिलाका नगरप्रवक्ता सुमनराज श्रेष्ठले बताए । किसानलाई दिने हरेक सेवाको सन्दर्भमा सबै सेवाहरु किसान माझ पुर्‍याएको दाबी गरे । यसले गर्दा कृषि क्षेत्रलाई अझ प्रवाभकारी हुने समेत उनले विश्वास लिएका छन् ।

कार्यक्रममा राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम, एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय प्यूठानका प्रमुख उमेश चन्द्र श्रेष्ठ, प्यूठान नगरपालिकाका पशु शाखा प्रमुख गिरिराज पौडेल, वडा नं ४ का वडाध्यक्ष रेशम कार्की लगायतको सहभागिता थियो ।

एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय प्यूठानको आयोजना र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...