News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

बिबश जि.एम२०८१ जेष्ठ ७
७६४ पटक
२०८१ जेष्ठ ७

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो ।

आई.पि.भी खोप छुटेको र यो खोप बच्चाको लागि अति आवश्यक भएकाले २०७३ वैशाख महिना देखि २०७५ आश्विन महिना सम्म जन्मिएका बालबालिकाहरुलाई लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस अवधिमा जिल्लामा अनुमानित केन्द्रबाट १३ हजार १ सय ७९ खोप प्राप्त भएपनि स्थानीय तहहरुबाट प्राप्त तथ्यांक अनुसार ११ हजार ५ सय ६४ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ ।

करिब १४ दिनसम्म चल्ने अभियानमा ६४ खोप कार्यकर्ता, १ सय २८ स्वयंसेवक, ४ सय १ जना शिक्षक, ६४ कार्यालय सहयोगी, ९४ जना अन्य स्वास्थ्यकर्मी रहेका छन् । कुल जनशक्ति ७ सय ५१ जना परिचालित हुने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
खोप अभियानको बारेमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका थिए । कार्यक्रममा पोलियो रोग–पोलियोमाईलाईटिस के हो, पोलियो रोगको उपचार तथा बच्ने उपाय, पोलियो उन्मुलनको अवस्था, आई.पि.भी खोप र ओ.पि.भी खोपको प्रयोग लगायतका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै आई.पि.भी खोप अभियानको औचित्य, खोप अभियान सञ्चालन मिति र अवधि, ओ.पि.भी खोपबाट उत्पन्न भएको पोलियो भाईरसबाट हुनसक्ने पोलियोमाईलाईटिस, ओ.पि.भी. खोपबाट उत्पन्न भएको पी २ पोलियो भाईरसबाट पोलियोमाईलाईटिस भएका विरामीहरुको संख्याको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगी, पत्रकार महासंघ प्यूठानका जिल्ला अध्यक्ष सञ्जय रिजाल लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष धरम बहादुर जि.सी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरीक्षक कोशल राज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...