News Portal

रेडियो सुन्नुहोस्

शनिबार राती आएको हावाहुरीले प्यूठानमा क्षति

झुलेनी नेटवर्क २०८१ जेठ २०
४५५ पटक
२०८१ जेठ २०

शनिबार राती आएको हावाहुरीले प्यूठानको विभिन्न ठाउँमा भौतिक क्षति गरेको छ । नौबहिनी गाउँपालिका ३ स्थित ठण्डा आधारभूत विद्यालयको छाना, स्थानीय लिल बहादुर घर्ती मगरको घरको छाना उडाएको छ ।

त्यस्तै प्यूठान नगरपालिका ६ माझकोट स्थित धर्मावती माध्यमिक विद्यालयको छाना र खानेपानीको पाईपमा क्षति पुराएको छ भने प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकै रहेको राना कृषी तथा पशुपंन्छी फर्मको गोठ भत्काएको छ ।

त्यस्तै मल्लरानी गाउपालिका ३ स्थित मुन्डाडामा सिमलको बोट ढल्दा स्थानीय शोभा खत्रीको पसलमा क्षति गरेको छ ।

ऐरावती गाउँपालिका १ बल्बोटका घरका टिनको छाना र खरले छाएका छानाहरु उडाएको छ ।

 राष्ट्रिय प्रशारण लाइन लमहि वसपार्कमा समस्या देखिएको बुटवल पावर कम्पनीले जनाएको छ । त्यसैले गर्दा विद्युत आपूर्तिमा जिल्लाभर नै समस्या भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...