News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा १८ विद्यालयको नतिजा शून्य, प्यूठान नगरपालिका पहिलो

बिबश जि.एम२०८१ असार १७
८४४ पटक
२०८१ असार १७

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा हेर्दा चिन्ताजनक देखिन्छ । केहि दिन अगाडि मात्र सार्वजनिक भएको नतिजा अनुसार प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका स्थानीय तहले लाखौं रुपैैयाँ शिक्षामा खर्चिदा समेत सोचेअनुरुपको नतिजा आउन सकेको छैन ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार १३ गते बिहीबार सार्वजनिक भएको थियो । प्यूठान जिल्लाबाट ३ हजार ७ सय ३५ जना विद्यार्थीले (एसईई) परीक्षा दिएका थिए । त्यसमध्ये सामुदायिक तर्फ ४ सय ४४ र प्राविधिक धार तर्फ ४१ गरी कुल ४ सय ८५ जना विद्यार्थी मात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए ।

प्रमुख खड्काका अनुसार नयाँ नीति अनुसार हरेक विषयमा ३५ अंक ल्याउनुपर्ने र प्रयोगात्मक तर्फ ४० अंक अनिवार्य भएकाले पनि विद्यार्थीलाई पहिलेको भन्दा अहिले असहज भएको हो । विद्यार्थीले कक्षा ११ मा सामान्य विषय लिएर पढ्नको लागि गणित, विज्ञान, अङ्ग्रेजी बाहेक अरुमा मिहेनत गरौ भन्ने मानसिकता लिएकाले पनि नतिजा अहिले खस्किदो अवस्था भएको प्रमुख खड्काको भनाई छ । त्यस्तै अहिले नयाँ पाठ्यक्रममा व्यवहारिकता, जीवन पद्धतीसँग जोडिएको विषय भएपछि शिक्षकहरुले पहिलेकै आधारमा अध्यापन गराउँदा यस्तो समस्या देखिएको खड्काले बताए ।

लेटर ग्रेडिङको बारेमा अभिभावक र सरोकारवाला निकायलाई समेत बुझाउन नसकेकै कारण नतिजा निराशाजनक आएको हो । साथै अनुगमनको पाटोमा शिक्षकको पेशागत विकासको अनुगमन नभई प्रशासनिक अनुगमन बढि हुनुको कारणले पनि नतिजा सोचेअनुसारको नआएको उनले उल्लेख गरे ।

सामुदायिक तर्फ ७३ र संस्थागत ७ गरी ८० विद्यालयबाट २०८० को (एसईई) परीक्षामा विद्यार्थी सम्मिलित भएका थिए । ८० मध्ये १८ विद्यालयको नतिजा शुन्य रहेको छ । अर्थात एउटा पनि विद्यार्थी पास भएका छैनन् ।

जिल्लाको सबैभन्दा खस्किदो नतिजा ऐरावती गाउँपालिकामा ०.३१ प्रतिशत आएको छ भने सबैभन्दा राम्रो प्यूठान नगरपालिकामा २२.५४ प्रतिशत विद्यार्थी पास भएका छन् । त्यस्तै झिमरुक गाउँपालिकामा १९.१४ प्रतिशत, स्वर्गद्धारी नगरपालिकामा १५.६६, मल्लरानीमा ११.२३, सरुमारानीमा ६.३० र माण्डवीमा गाउँपालिकामा ५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गौमुखीमा ५.४८ हुँदा नौबहिनी गाउँपालिकामा २.५७ प्रतिशत विद्यार्थी पास भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...