News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा १८ विद्यालयको नतिजा शून्य, प्यूठान नगरपालिका पहिलो

बिबश जि.एम२०८१ असार १७
४२९ पटक
२०८१ असार १७

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा हेर्दा चिन्ताजनक देखिन्छ । केहि दिन अगाडि मात्र सार्वजनिक भएको नतिजा अनुसार प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका स्थानीय तहले लाखौं रुपैैयाँ शिक्षामा खर्चिदा समेत सोचेअनुरुपको नतिजा आउन सकेको छैन ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार १३ गते बिहीबार सार्वजनिक भएको थियो । प्यूठान जिल्लाबाट ३ हजार ७ सय ३५ जना विद्यार्थीले (एसईई) परीक्षा दिएका थिए । त्यसमध्ये सामुदायिक तर्फ ४ सय ४४ र प्राविधिक धार तर्फ ४१ गरी कुल ४ सय ८५ जना विद्यार्थी मात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए ।

प्रमुख खड्काका अनुसार नयाँ नीति अनुसार हरेक विषयमा ३५ अंक ल्याउनुपर्ने र प्रयोगात्मक तर्फ ४० अंक अनिवार्य भएकाले पनि विद्यार्थीलाई पहिलेको भन्दा अहिले असहज भएको हो । विद्यार्थीले कक्षा ११ मा सामान्य विषय लिएर पढ्नको लागि गणित, विज्ञान, अङ्ग्रेजी बाहेक अरुमा मिहेनत गरौ भन्ने मानसिकता लिएकाले पनि नतिजा अहिले खस्किदो अवस्था भएको प्रमुख खड्काको भनाई छ । त्यस्तै अहिले नयाँ पाठ्यक्रममा व्यवहारिकता, जीवन पद्धतीसँग जोडिएको विषय भएपछि शिक्षकहरुले पहिलेकै आधारमा अध्यापन गराउँदा यस्तो समस्या देखिएको खड्काले बताए ।

लेटर ग्रेडिङको बारेमा अभिभावक र सरोकारवाला निकायलाई समेत बुझाउन नसकेकै कारण नतिजा निराशाजनक आएको हो । साथै अनुगमनको पाटोमा शिक्षकको पेशागत विकासको अनुगमन नभई प्रशासनिक अनुगमन बढि हुनुको कारणले पनि नतिजा सोचेअनुसारको नआएको उनले उल्लेख गरे ।

सामुदायिक तर्फ ७३ र संस्थागत ७ गरी ८० विद्यालयबाट २०८० को (एसईई) परीक्षामा विद्यार्थी सम्मिलित भएका थिए । ८० मध्ये १८ विद्यालयको नतिजा शुन्य रहेको छ । अर्थात एउटा पनि विद्यार्थी पास भएका छैनन् ।

जिल्लाको सबैभन्दा खस्किदो नतिजा ऐरावती गाउँपालिकामा ०.३१ प्रतिशत आएको छ भने सबैभन्दा राम्रो प्यूठान नगरपालिकामा २२.५४ प्रतिशत विद्यार्थी पास भएका छन् । त्यस्तै झिमरुक गाउँपालिकामा १९.१४ प्रतिशत, स्वर्गद्धारी नगरपालिकामा १५.६६, मल्लरानीमा ११.२३, सरुमारानीमा ६.३० र माण्डवीमा गाउँपालिकामा ५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गौमुखीमा ५.४८ हुँदा नौबहिनी गाउँपालिकामा २.५७ प्रतिशत विद्यार्थी पास भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...