नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको बताएका छन् ।
कतारको दोहामा भएको एक कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।
पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको दाबी गरे ।