News Portal

रेडियो सुन्नुहोस्

रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

बिबश जि.एम२०८१ श्रावण १२
४२१ पटक
२०८१ श्रावण १२

लायन्स क्लब अफ प्यूठानले रक्तदान कार्यक्रम गरेको छ । ५९औं रक्तसञ्चार दिवसको अवसर पारेर शनिबार विहान रक्तसञ्चार केन्द्र विजुवारमा “रक्तदान जीवनदा” भन्ने नारासहित एक कार्यक्रमका विच रक्तदान कार्यक्रम गरेको हो । यो अवसरमा १० जनाले रक्तदान गरेको लायन्स क्लब अफ प्यूठानकी अध्यक्ष कमला रिजालले बताईन् ।

सो अवसरमा प्यूठान अस्पताल बिजुवारका कार्यलय प्रमुख डा. राजेन्द्र पौडेलले पहिलो पटक रक्तदान गरेका छन् । रक्तसञ्चार दिवसको अवसरमा डाक्टर पौडेलले पहिलो पटक रक्तदान गर्न पाउँदा आफु उत्साहित भएको बताए ।

लायन्स क्लब अफ प्यूठानका प्रथम उपाध्यक्ष नविन कुमार श्रेष्ठले हालसम्म २४ पटक रक्तदान गरिसकेका छन् । रक्तदान गर्दा शरीर समेत स्वस्थ हुने भन्दै उपाध्यक्ष श्रेष्ठले विभिन्न समयमा गरी २४ पटक रगत दिईसकेको बताए । रगत आवश्यकता पर्ने विरामीहरुको अवस्थालाई मध्येनजर गर्दै मानविय सेवालाई समेत ध्यानमा राखेर रगत दान गरेको उनको भनाई छ ।

लायन्स क्लब अफ प्यूठानका चियर पर्सन अर्जुन कुमार कक्षपति, लायन्स क्लब प्यूठानकी अध्यक्ष कमला रिजाल, प्रथम उपाध्यक्ष नविन कुमार श्रेष्ठ, प्यूठान अस्पतालका कार्यालय प्रमुख डा. राजेन्द्र पौडेल, कमल श्रेष्ठ, विशाल खड्का, विनायक थापा, गोबिन्द कार्की, लोक बहादुर बस्नेत, केशव पाण्डे लगायतले रक्तदान गरेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...