News Portal

रेडियो सुन्नुहोस्

प्युठानका ६४ मध्ये ५ वटा वडा कार्यालय पुग्ने सडक अवरुद्ध 

बोम बहादुर परियार २०८१ साउन १७
४०२ पटक
२०८१ साउन १७

केहिदिन यताको भारी वर्षाका कारण जिल्लाका ५ वटा वडा कार्यालयसम्म पुग्ने सडक अवरुद्ध छन् । ६४ वटा वडा रहेको प्युठानका ५ वटा वडा कार्यालयदेखि पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएको हो । जिल्लाका ५९ वटा वडामा पालिकाबाट बडा कार्यालयमा पुग्ने सडक सुचारु रहे पनि वर्षासंगै आएको लेदो र पहिरोका कारण ती वडाका बस्तीसम्म पुग्ने धेरै सडकहरू अवरुद्ध रहेका छन् ।

स्वर्गद्वारी नगरपालिकाको वडा नं १, सरुमारानी गाउँपालिकाको वडा नं ६, नौवहिनी गाउँपालिकाको वडा नं १ र ७ र गौमुखी गाउँपालिकाको वडा नं २ मा पुग्ने सडक अवरुद्ध छन् । स्थानीय तहले खरिद गरेका जेसिबी मेसिनले दैनिक अवरुद्ध हुने सडक सुचारु राख्न सहज भएको छ ।

७ वटा वडा रहेको गौमुखी गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा पुग्ने सडक अवरुद्ध भएको र अन्य ७ वटा  वडा कार्यालय पुग्ने सडक सुचारु रहेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताए । सडकमा जम्मा भएको लेदो र कतिपय ठाउँमा पानी उम्रेका कारण सडक अवरुद्ध भएको र मौसम सुधार नहुँदा सम्म बाटो सुचारु गर्न अप्ठ्यारो रहेको अध्यक्ष गिरीले बताए ।

८ वटा बडा रहेको नौवहिनी गाउँपालिकाको वडा नं १ र ७ मा पुग्ने सडक अवरुद्ध छ । वाकी ६ वडामा सडक सुचारु रहेको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए । अवरुद्ध सडक केही दिनमै सुचारु हुने थापाले बताए ।

८ वटा वडा रहेको झिमरुक गाउँपालिकाको सबै वडाहरूमा सडक सुचारु रहेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । पोखरेलका अनुसार आफ्नो जेसिबी तयारी अवस्थामा राखिएको छ ।

१० वटा वडाहरू रहेको प्युठान नगरपालिकाका सबै वडाहरूमा बाटो सुचारु अवस्थामा रहेको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए । वर्माका अनुसार पालिकाको विपद् व्यवस्थापन शाखाबाट ३ वटा जेसीभी सञ्चालित छन् ।

५ वटा वडा रहेको माण्डवी गाउँपालिकाको सबै वडासम्म पुग्ने सडक सुचारु रहेको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । उक्त पालिकाको १ र ३ नं. वडासम्म कालोपत्रे सडक रहेको छ । अन्य वडा कार्यालयसम्म पुग्ने बाटो सुचारु रहेको र अवरुद्ध सडक खुलाउन मेसिन तयारी अवस्थामा रहेको अध्यक्ष अधिकारीले बताए ।

६ वटा वडा रहेको सरुमारानी गाउँपालिकाको ६ नम्बर वडा कार्यालय पुग्ने सडक बन्द रहेको र वाकी सबै वडाहरूमा सडक सुचारु रहेको सरुमारानी गाउँपालिकाका प्रवक्ता एवं ४ नम्बर वडाका वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । अवरुद्ध रहेको सडक केही दिनमै सुचारु गरिने उनले बताए ।

५ वटा वडा रहेको मल्लरानि गाउँपालिकाका सबै वडा सम्म पुग्ने सडकहरू सुचारु रहेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए । सानातिना पहिरो खसेपनी वडाध्यक्षहरू सँगै समन्वय गरी पालिकाको मेसिन द्वारा तुरुन्त सुचारु गरिने उनले बताए ।

९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको १ नम्बर वडा (कोचिवाङ)मा पुग्ने सडक अवरुद्ध रहेको छ । वाकी सबै वडासम्म पुग्ने सडक सुचारु रहेको नगरपालिकाका सूचना अधिकारी सौन्दर्यमणि सुवेदीले जानकारी दिए । अवरुद्ध रहेको सडक केही दिनमै सुचारु गरिने उनले बताए ।

६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको सबै वडासम्म पुग्ने सडकहरू सुचारु रहेका छन् भने गाउँका केही भित्री सडकहरू अवरुद्ध रहेको पालिकाका सूचना अधिकारी अभियान पोख्रेलले जानकारी दिए ।

लामो समयको खडेरीले सताएको जनजीवनलाई केहि दिनको झरिले प्रभावित बनाएको छ । पालिकादेखी वडा कार्यालयसम्म पुग्नका लागि जिल्लाका ५ वटा वडा कार्यालयमा पुग्ने सडक अवरुद्ध भएपनि गाउँका बस्तिसम्म पुग्ने धेरै सडकहरु ठाउँ–ठाउँमा अवरुद्ध छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...