News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका मणि थापा एमालेबाट पदमुक्त

झुलेनी नेटवर्क२०८१ श्रावण १९
३६५ पटक
२०८१ श्रावण १९

एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रय रहेको भन्दै उनलाई एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त गरेको हो । उनी एमालेको मूल नेतृत्व (केपी शर्मा ओली) को कार्यशैली र विचारसँग असहमत भएको भन्दै पार्टीमा लामो समयसम्म निष्क्रृय थिए ।

पार्टीको विधानले लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । उहाँ लामो समय पार्टीका काममा निष्क्रय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,’स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘मणि जी गत निर्वाचनमा पनि पार्टीको काममा खट्नु भएन । उहाँ साहित्य सिर्जनामा बढी व्यस्त हुनुहुन्छ होला ।’ थापाले भने आफूले गत वर्ष राजीनामा दिइसकेको बताएका छन् । ‘पार्टीको मुख्य कुरा विचार र कार्यशैली हो । त्यसमा सहमत हुन नसकेपछि मैले राजीनामा दिएको थिएँ,’ उनले भने,‘एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो । स्वीकृत भएछ, राम्रो भयो ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...