News Portal

रेडियो सुन्नुहोस्

शिक्षामा लगानी: ठुलो खर्च, कमजोर नतिजा

बिबश जि एम२०८१ श्रावण २४
९१९ पटक
२०८१ श्रावण २४

जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ । जिल्लाभरका ८० विद्यालय मध्ये  १८ विद्यालयको नतिजा शून्य छ । ३ हजार ७ सय ३५ जनाले परीक्षा दिएकोमा १२ प्रतिशत ४ सय ४४ विद्यार्थी मात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए ।

नतिजा कमजोर आएकाले यस वर्ष नतिजामा सुधारकालागि शिक्षक, विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया कार्यक्रम गरिएको कार्यालय प्रमुख खड्काको भनाई छ । त्यसको लागि स्थानीय तहले अनुगमनलाई तीव्रता दिन थालेका छन्  । नयाँ संविधानले शिक्षा क्षेत्र स्थानीय तहलाई जिम्मा दिएको छ । स्थानीय तह र सम्बन्धित विद्यालयले पनि शैक्षिक सुधारका विभिन्न प्रयासहरू थालेको बताउँदै आएका छन् । तर, नतिजा सुधार  गर्न भने सकेका छैनन् ।

स्थानीय तहको ठुलो लगानी रहेको शिक्षा क्षेत्रको नतिजा कमजोर आएपछि सरोकारवाला झस्किएका छन् । विद्यालय सुधारका कार्यक्रम देखी शिक्षक राख्नका लागि गाउँपालिका अनुदानका कारण जिल्लाका हरेक पालिकाको करोडौँ रुपैयाँ खर्च भएको छ । गाउँपालिका अनुदानमा शिक्षक राखिएपछि जनतालाई पैसा उठाएर निजी श्रोतबाट शिक्षक राख्नुपर्ने बाध्यता त हटेको छ । तर, लगानीको तुलनामा नतिजा भने निकै कमजोर देखिएको छ ।

नतिजा कमजोर भएपछि विद्यालयहरूले शैक्षिक सुधारका लागि विभिन्न रणनीतिहरू थालेका छन् । शून्य नतिजा ल्याएका विद्यालय मात्र नभएर कमजोर नतिजा भएका विद्यालयले समेत शैक्षिक सुधारको रणनीति बनाएर लाग्न लगाएको खड्काले बताए । विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन धेरै विद्यालयको रणनीति छ । विद्यालय समय बाहेक साँझ बिहानको समयमा विद्यार्थीहरूलाई अतिरिक्त कक्षाहरू सञ्चालन गरिएको अमर मा.वि भिङ्ग्रीका प्रधानाध्यापक वासुदेव खनालले बताए ।

त्यसै गरी जिल्लाका विद्यालयहरूले विद्यार्थी, शिक्षक र अभिभावकबिच अन्तरक्रिया गरेर शैक्षिक सुधारको प्रयास  थालेका छन् । नतिजासँगै त्रिपक्षीय अन्तरक्रिया गरिएको नौबहिनीको अन्ध नाशक माध्यमिक विद्यालय लिघाका प्रधानाध्यापक नेपाल सिंह पुरीले बताए ।

विद्यालय सँगै स्थानीय तहहरूले पनि शैक्षिक सुधारका रणनीति बनाउन थालेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार र दायित्व स्थानीय तहमा रहेकाले स्थानीय तहले विद्यालयको भौतिक संरचना, जनशक्तिमा अनुदान र सिप तथा क्षमता विकासका कार्यक्रमको शीर्षकमा ठुलो रकम खर्च गरेका छन् ।  अपेक्षाकृत नतिजा नआएपछि नियमित अनुगमन, मासिक परीक्षा मार्फत मूल्याङ्कन लगायतका रणनीति बनाएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले बताए ।

१८ विद्यालयको शून्य नतिजा

प्युठान नगरपालिकाको शून्य नतिजा ल्याउने एक मात्र विद्यालय शिद्व मा.वि जुम्रीकाँढा हो  । भने सरुमारानी गाउँपालिकाको खड्केश्वरी मा.विको नतिजा शून्य छ ।

नौबहिनी गाउँपालिकाको नमुना विद्यालयको रूपमा स्थापित लुप्लुङ मा.वि लुप्लुङ सहित अन्ध नाशक मा.वि लिघा, गाबै मा.वि गाबै, बराह मा.वि झिम्प, जनज्योति मा.वि लुङ्ग, र शिव मा.वि स्याउलिवाङले एक जना पनि उत्तीर्ण गराउन सकेनन् ।

ऐरावती गाउँपालिकामा जनता मा.वि च्युरापानी, महेन्द्र मा.वि सराङ्गवेशी, दाङ्बाङ मा.वि अमिली, मोती मा.वि बरौला, धर्माेदय मा.वि जाबुने र जनकल्याण मा.वि रानिवास को नतिजा शून्य  भएको छ । स्वर्गद्वारी नगरपालिकामा ने.रा मा.वि कोचिबाङ्ग, बाल संस्कृत मा.वि धरमपानीका कुनै पनि विद्यार्थीहरू पास भएका छैनन् भने माण्डवी गाउँपालिकामा गणेश मा.वि तिराम, सुन्नानी मा.वि मर्कावाङ्गको नतिजा शून्य छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...