News Portal

रेडियो सुन्नुहोस्

भ्रष्टाचारविरुद्ध निर्मम बनेपछि सरकार ढालियो: वर्षमान पुन

झुलेनी नेटवर्क२०८१ भदौ २
५३९ पटक
२०८१ भदौ २

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उत्रिएपछि ढालिएको बताएका छन् । लोकतान्त्रिक अभ्यासहरू र प्रचलन विपरीत पहिलो र दोस्रो दल रातारात मिल्नुमा विभिन्न काण्डहरूको छानबिन नै मुख्य कारक रहेको उनले बताए । प्रेस सेन्टर नेपाल प्युठानले विजुवार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई अघिल्लो सरकारजस्तै भ्रष्टाचार र अनियमितताविरुद्ध निर्मम भएर लाग्न सुझाव दिए ।

“संविधान संशोधन गर्ने भनिएको छ । तर त्यो काँग्रेस र एमाले मिलेर मात्र सम्भव छैन ।” पत्रकारहरूलाई सम्बोधन गर्दै पुनले भने– “उहाँहरूले भनेजस्तो थे्रस होल्डको एजेन्डामा अहिले सत्तामा रहेका अरू दल पनि सहमत हुने कुरा भएन । दुई दल मात्र हुँदा प्रतिनिधिसभामा बहुमत पुग्दैन । राष्ट्रियसभामा त झन् माओवादी विना सम्भव छैन ।” संविधान संशोधनको नाममा प्राप्त उपलब्धि उल्ट्याउन खोजिए त्यो प्रयास असफल हुने उनले बताए ।

अव नेकपा माओवादी केन्द्रको प्राथमिकता के ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उपमहासचिव पुनले माओवादी केन्द्रको अबको प्राथमिकता पार्टी र सङ्गठनको सुदृढीकरण रहेको बताए । आगामी निर्वाचनमा माओवादी केन्द्र आफ्नै सङ्गठन र शक्तिको बलमा निर्वाचन लड्ने र निर्वाचनको परिणामबाट बनेको अङ्कगणितको आधारमा आवश्यक कदम चाल्ने उनको भनाई छ ।

प्रेस सेन्टर नेपाल प्युठानका अध्यक्ष टिकाराम पोखरेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू कृष्ण ध्वज खड्का, नारायणप्रसाद अधिकारी, सरस्वता न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, जिल्ला संयोजक प्रभात केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन शशिधर भण्डारीले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...