News Portal

रेडियो सुन्नुहोस्

भ्रष्टाचारविरुद्ध निर्मम बनेपछि सरकार ढालियो: वर्षमान पुन

झुलेनी नेटवर्क२०८१ भदौ २
३६७ पटक
२०८१ भदौ २

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उत्रिएपछि ढालिएको बताएका छन् । लोकतान्त्रिक अभ्यासहरू र प्रचलन विपरीत पहिलो र दोस्रो दल रातारात मिल्नुमा विभिन्न काण्डहरूको छानबिन नै मुख्य कारक रहेको उनले बताए । प्रेस सेन्टर नेपाल प्युठानले विजुवार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई अघिल्लो सरकारजस्तै भ्रष्टाचार र अनियमितताविरुद्ध निर्मम भएर लाग्न सुझाव दिए ।

“संविधान संशोधन गर्ने भनिएको छ । तर त्यो काँग्रेस र एमाले मिलेर मात्र सम्भव छैन ।” पत्रकारहरूलाई सम्बोधन गर्दै पुनले भने– “उहाँहरूले भनेजस्तो थे्रस होल्डको एजेन्डामा अहिले सत्तामा रहेका अरू दल पनि सहमत हुने कुरा भएन । दुई दल मात्र हुँदा प्रतिनिधिसभामा बहुमत पुग्दैन । राष्ट्रियसभामा त झन् माओवादी विना सम्भव छैन ।” संविधान संशोधनको नाममा प्राप्त उपलब्धि उल्ट्याउन खोजिए त्यो प्रयास असफल हुने उनले बताए ।

अव नेकपा माओवादी केन्द्रको प्राथमिकता के ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उपमहासचिव पुनले माओवादी केन्द्रको अबको प्राथमिकता पार्टी र सङ्गठनको सुदृढीकरण रहेको बताए । आगामी निर्वाचनमा माओवादी केन्द्र आफ्नै सङ्गठन र शक्तिको बलमा निर्वाचन लड्ने र निर्वाचनको परिणामबाट बनेको अङ्कगणितको आधारमा आवश्यक कदम चाल्ने उनको भनाई छ ।

प्रेस सेन्टर नेपाल प्युठानका अध्यक्ष टिकाराम पोखरेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू कृष्ण ध्वज खड्का, नारायणप्रसाद अधिकारी, सरस्वता न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, जिल्ला संयोजक प्रभात केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन शशिधर भण्डारीले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...