स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ ।
अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै जोखिम न्यूनीकरण तयारी थालेको हो ।
अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स (एमपक्स) भाइरसबाट ५ सय ४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि द्रूत रूपमा फैलिने क्रममा छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको छ ।