News Portal

रेडियो सुन्नुहोस्

महिला वडाध्यक्षका अनुभव: अपर्याप्त बजेटले योजना अधुरै

'बजेट अभावमा भनेजस्तो काम गर्न नपाएको गुनासो'

बिबश जि.एम.२०८१ भदौ ३
४९७ पटक
२०८१ भदौ ३

प्युठानका ६४ वडामध्ये २ वटा वडामा मात्रै महिला वडाध्यक्ष निर्वाचित छन् । सरुमारानी गाउँपालिकाको वडा नं ५ लक्ष्मी पल्ली मगर र प्युठान नगरपालिकाको वडा नं १ मा साधना रावत वडाध्यक्ष छन् । दुवै वडाध्यक्षले बजेट अभावकै कारण भनेजस्तो काम गर्न नसकेको बताउँछन् ।

वडामा आउने बजेट मर्मत सम्भार र विपद्मा खर्च हुने हुनाले आफूहरूले महिलालाई नै लक्षित गरेर विशेष कार्यक्रम चलाउन नसकेको सरुमारानी ५ की वडाध्यक्ष लक्ष्मी पल्लि मगरले बताइन । “बजेटको अधिकारबाट वडाध्यक्षहरू टाढा भएको र सीमित स्रोतबाट मात्र काम गर्नुपर्ने भएकाले पर्याप्त बजेट अभावमा आफूले चाहेको काम गर्न सकिएको छैन” सरुमारानी गाउँपालिका वडा नं ५ कि वडाध्यक्ष लक्ष्मी पल्लि मगरले भनिन्– “महिलाहरूलाई आयआर्जनसँग जोड्नका लागि महिला उद्यमशीलता तालिम र उद्यमका लागि बिउ पुँजी सृजना लगायतका आवश्यकताहरू छन् तर, बजेट अभावका काम गर्न सकिएको छैन । २ वर्षसम्म वडामा बजेट सिलिङ्गनै थिएन । अहिले ११ लाख ७१ हजार मात्र छ । त्यो बजेटले के नै गर्न सकिन्छ र ?”

आफू वडाध्यक्ष भएपछि महिलाहरू निर्धक्क भएर आफूसँग गुनासो गर्न तथा व्यावसायिक योजनाबारे छलफल र विकास निर्माणका काममा सहभागिता बढेको अनुभव प्युठान नगरपालिका वडा नं १ कि वडाध्यक्ष साधना राउतको छ । “म वडाध्यक्ष भइसकेपछि वडाभित्र ६०-७० जना महिलाहरूलाई उद्यमशीलताको तालिम दिइएको छ ।” वडाध्यक्ष राउतले भनिन्– “तर, तालिम दिने र उनीहरूको सङ्ख्या गन्ने मात्र भएको छ । महिलाहरूलाई उद्यमी बनाउन उनीहरूको घर परिवारले पनि लगानी गर्न कम प्राथमिकता दिने, वडामा भएको बजेट मर्मत सम्भारमै सकिने भएकाले उनीहरूलाई उद्यमी बनाउन पालिका वा प्रदेश र सङ्घले लगानी गर्नुपर्छ । प्रविधि अनुदान, ब्याज अनुदान वा सुपथ ब्याजदरमा ऋण लगायतका कार्यक्रम आवश्यक छ तर, ती कामहरू वडाबाट सम्भव छैन ।”

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...