सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिलाइ बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने समितिको कार्यालयमा पुगेका छन् ।
बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।
उनीसँग समितिले सहकारी विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे सोधपुछ गर्ने बताइएको छ ।