News Portal

रेडियो सुन्नुहोस्

कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी जिल्लाकै उत्कृष्ट

शशिधर भण्डारी२०८१ भदौ ११
६५५ पटक
२०८१ भदौ ११

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा नौबहिनी गाउँपालिका प्युठान जिल्लामै उत्कृष्ट देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आ.व. २०७९/८० को लिजाको नतिजामा नौवहिनी गाउँपालिकाले ८५ अंक लिएको छ । देशकै ८० अङ्क भन्दा राम्रो नतिजा ल्याउने पालिकाहरू मध्ये नौबहिनी अब्बलमा देखिन्छ । झिमरुक गाउँपालिकाले ७७ दशमलव ७५ अङ्क सहित दोस्रो भएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिकाले ७७ दशमलव ५० , प्युठान नगरपालिकाले ७२, स्वर्गद्वारी नगरपालिका ७६ दशमलव ५०, मल्लरानी गाउँपालिका ७१ दशमलव ७५ , माण्डवी गाउँपालिका ७६, ऐरावती गाउँपालिकाले ६७ दशमलव ५० र गौमुखी गाउँपालिकाले ६६ दशमलव ५० अङ्क प्राप्त गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासनको अवस्था, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाहको अवस्था, सहकार्य र समन्वयको अवस्था लगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानेर जिलाको नतिजा सार्वजनिक गर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...