News Portal

रेडियो सुन्नुहोस्

कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी जिल्लाकै उत्कृष्ट

शशिधर भण्डारी२०८१ भदौ ११
९४२ पटक
२०८१ भदौ ११

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा नौबहिनी गाउँपालिका प्युठान जिल्लामै उत्कृष्ट देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आ.व. २०७९/८० को लिजाको नतिजामा नौवहिनी गाउँपालिकाले ८५ अंक लिएको छ । देशकै ८० अङ्क भन्दा राम्रो नतिजा ल्याउने पालिकाहरू मध्ये नौबहिनी अब्बलमा देखिन्छ । झिमरुक गाउँपालिकाले ७७ दशमलव ७५ अङ्क सहित दोस्रो भएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिकाले ७७ दशमलव ५० , प्युठान नगरपालिकाले ७२, स्वर्गद्वारी नगरपालिका ७६ दशमलव ५०, मल्लरानी गाउँपालिका ७१ दशमलव ७५ , माण्डवी गाउँपालिका ७६, ऐरावती गाउँपालिकाले ६७ दशमलव ५० र गौमुखी गाउँपालिकाले ६६ दशमलव ५० अङ्क प्राप्त गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासनको अवस्था, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाहको अवस्था, सहकार्य र समन्वयको अवस्था लगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानेर जिलाको नतिजा सार्वजनिक गर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...